नेपाल लाइफले नेतृत्वमा बजारमा उछाल, अपर तामाकोशी भने ४.८४ प्रतिशतले घट्यो

काठमाडौं। साताको कारोबारको पहिलो दिन नेप्से आकर्षक ढंगले उकालो लागेको छ । विगत केही दिनयता सुस्ताएको नेप्से आज ४६.४३ अंकले बढेर २०१०.४५ मा बन्द भएको छ ।

 

तुलनात्मक रुपमा आज नेप्सेमा कम उतारचढाव देखिएको छ । आज दिनभर नेप्सेमा ४३ अंकको उतारचढाव भएको छ । आज ९० ला भन्दा बढि कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको छ ।

 

आजको बजारको नेतृत्व नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । १३५ अंक बढेर २०३५ मा बन्द भएको नेपाल लाइफको मात्र आज ६७ करोड रुपैयाँको कारोबार भएको छ । यसैगरी दोस्रोमा पूर्नबीमाको ३५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । यो कम्पनीको सेयर भने १ रुपैयाँले घटेको छ । तेस्रो सबैभन्दा धेरै कारोबार हुने कम्पनी भने हिमालयन डिस्टीलरी रहेको छ । ३७० रुपैयाँ प्रतिकित्ता बढेको यो कम्पनीको आज ३० करोड रुपैयाँको कारोबार भएको छ । त्यसपछि अत्याधिक धेरै कारोबार हुने कम्पनीहरुमा अपर तामाकोशी र चिलिमे रहेका छन् ।

 

आज ३ वटा कम्पनीको सेयर १० प्रतिशतले बढको छ । माहुली लघुवित्त, साधना लघुवित्त र नारायणी विकास बैंकको सेयर १० प्रतिशतले बढेको हो । यसैगरी हिमालयन डिस्टिलरीको सेयर ९.१५ र सिभम सिमेन्टको सेयर ७.२६ प्रतिशतले बढको छ ।

 

पछिल्लो समय नेप्सेमा निकै चर्चित अपर तामाकोशीको सेयरमा भने ४.८४ प्रतिशतको गिरावट आएको छ । यसैगरी दोस्रोमा आँखु खोला हाइड्रोपावरको सेयर ३.५५ प्रतिशतले घटेको छ ।

 

उप–सूचकहरुको कुरा गर्दा हाइड्रोमा सबैभन्दा धेरै १.६३ प्रतिशतको गिरावट आएको छ भने उत्पादन ५.९९ प्रतिशतले बढेको छ ।

विश्व बजारमा स्टिलको मूल्य बढेसँगै नेपालमा पनि आकाशिदैं Read Previous

विश्व बजारमा स्टिलको मूल्य बढेसँगै नेपालमा पनि आकाशिदैं

प्रभु लाइफको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त Read Next

प्रभु लाइफको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त