सञ्चय कोषका ऋणीहरूले एनआइसी एशियाको जुनसुकै शाखाबाट किस्ता तिर्न सक्ने

काठमाडौं । कर्मचारी सञ्चय कोषका ऋणीले अब एनआइसी एशिया बैंकको जुनसुकै शाखामार्फत किस्ता रकम भुक्तानी गर्न सक्ने भएका छन् ।

 

यस सुविधामार्फत कोषबाट लिइएका विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र र घरमर्मत सापटी कर्जाहरूको भुक्तानी यस बैंकका शाखाबाट सहज रुपमा गर्न सकिनेछ ।

 

कोषका ऋणीहरूले आफूलाई पायक पर्ने यस बैंकको शाखा पुगी ‘कर्मचारी सञ्चय कोष कर्जा चुक्ता भौचर’ मा भुक्तानी गर्न लागेको कर्जाको प्रकारमा चिन्ह लगाई यस बैंकमा रहेको खातामार्फत ऋण भुक्तानी गर्न आवेदन दिए अनुसार बैंकका कर्मचारीले कर्मचारी सञ्चय कोषलाई भुक्तानी गर्ने व्यवस्था रहेको छ ।

 

बैंकले यस अघि नै नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा कर्मचारी सञ्चय कोषबाट कर्जा सुविधा लिइरहेका ऋणीहरूलाई कनेक्ट आइपीएस एप तथा वेबसाइटबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याइसकेको छ ।

 

बैंकले हाल देशभरका ३३३ शाखा कार्यालय, ४७० एटीएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषि तथा पशुपालन कर्जा सम्झौता Read Previous

ग्लोबल आइएमई बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषि तथा पशुपालन कर्जा सम्झौता

महामारीले अर्थतन्त्रलाई गाँज्दै गर्दा विश्व सेयर बजार भने बुलिस ट्रेण्डमा Read Next

महामारीले अर्थतन्त्रलाई गाँज्दै गर्दा विश्व सेयर बजार भने बुलिस ट्रेण्डमा