काठमाडौं । सेयर बजार कमब्याक भएको छ । दुईदिन लगातार घटेको बजार आज सामान्य अंकले फर्किएको हो ।साताको अन्तिम दिन हरियो भए पनि यससाता समग्रमा बजार करिब ९५ अंकले घटेको छ ।
आज सूचकमा सामान्य सुधार आए पनि कारोबार रकम भने ह्वात्तै घटेको छ । अघिल्लो साता दैनिक औसतमा ८ अर्बको कारोबार हुँदै आएको बजारमा यससाता औसतमा ५ अर्ब हाराहारीमा मात्र कारोबार भएको छ ।
गत साता राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै सेयर धितो कर्जामा कडाइ गर्ने जनाएसँगै लगानीकर्ताको मनोबल गिर्दा बजारले ओरालो यात्रा तय गरेको लगानीकर्ता बताउँछन् ।
साथै, बजारमा ठूला लगानीकर्ता प्रफिट बुक गरेर बाहिरिएसँगै नेप्से सँगै कारोबार पनि ह्वात्तै घटेको आकलन गरिएको छ ।
सेयर बजार मापक सूचक नेप्से ८.२७ अंकले घटेर १९६४.०२ विन्दुमा पुगेको छ । यसदिन २०४ कम्पनीको ९८ लाख ८३ हजार १९७ कित्ता सेयर ४ अर्ब १४ करोड ६३ लाख २१ हजार ४९ रुपैयाँमा कारोबार भएको छ ।
कारोबारमा आएका १२ वटा समूहमध्ये विकास बैंक र जलविद्युत समूह बाहेक अन्य सबै समूहको परिसूचक हरियो भएका छन् । आज जीवन बीमा समूहको परिसूचक २०६.२६ अंकले बढेको छ भने जलविद्युत् समूह ७६.४५ अंकले घटेको छ ।
आज कारोबार भएका कुल २०४ कम्पनी मध्ये १०६ कम्पनीको मूल्य बढेको छ भने ७५ कम्पनीको मूल्य घटेको छ । २३ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
आज लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ३७ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
कारोबार रकमकै आधारमा नेपाल पुनर्बीमा कम्पनी ३५ करोड र ग्लोबल आइएमई बैंकको प्रमोटर सेयर २२ करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।
बढ्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । लिबर्टी इनर्जी र नारायणी डेभलपमेन्ट बैंकका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
यसअघि लगातार एकसाता पोजेटिभ सर्किट लाग्दै आएको अपर तामाकोशीको सेयरमा आज नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले सबैभन्दा धेरै करिब १० प्रतिशत गुमाएक छन् ।