गरिबलाई कोरोनाको खोप दिलाउन थप २५ करोड डलर दिने गेट्स फाउन्डेसनको घोषणा

न्यूयोर्क । अमेरिकाको सियाटलमा मुख्यालय रहेको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले कोभिड–१९ सँग सम्बन्धित अनुसन्धान तथा कोभिड–१९ खोपको परीक्षण, उपचार र खोपको समान वितरणका लागि थप २५ करोड डलर उपलब्ध गराउने बिहीबार घोषणा गरेको छ ।

 

सन् २०२१ मा सबैका लागि कोभिड–१९ सँग सम्बन्धित वैज्ञानिक नवीन खोजमा पहुँच उपलब्ध गराउन पनि सबैसँग फाउन्डेसनले आह्वान गरेको छ ।

 

फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा सन् २०२१ मा विश्वको अवस्थामा व्यापक सुधार हुने अपेक्षा पनि गरिएको छ । फाउन्डेसनकी सह–अध्यक्ष मेलिन्डा गेट्सले विश्वका सबै ठाउँका धनी गरिब सबै किसिमका मानिसले कोभिड–१९ को खोप सहज र सुलभ रुपमा प्राप्त गरेको सुनिश्चित गर्न विश्वका नेताहरुले विशेष रुपमा ध्यान दिने विश्वास पनि व्यक्त गरेका छन् ।

 

फाउन्डेसनले कोभिड–१९ को खोपलाई सस्तोमा सबै क्षेत्रमा खासगरी न्यून आय भएका मुलुकहरुमा उपलब्ध गराउन घोषित रकमको उपयोग गरिने पनि जनाएको छ ।

 

विज्ञप्तिमा भनिएको छ, ‘अहिले हामीसँग यस वर्षको शुरुमा अपेक्षा गरिएको भन्दा खोपहरुको विकास निकै तीव्र गतिमा भएको छ । तर यी नवीन खोज सबैको पहुँचमा उपलब्ध भएमा मात्र त्यसले सार्थक नतिजा दिन सक्दछ ।’

 

कोभिड–१९ विरुद्धको संघर्षमा विश्वका धनाढ्य बिल गेट्सको अगुवाईमा स्थापित गेट्स फाउन्डेसनबाट भएको कूल प्रतिबद्धता १ खर्ब ७५ अर्ब डलर पुगेको छ । एजेन्सी

महासंघको नवनिर्वाचित पदाधिकारीद्वारा प्रधानमन्त्रीसँग भेट, निजी क्षेत्रलाई सधैं सहयोग गर्ने आश्वासन Read Previous

महासंघको नवनिर्वाचित पदाधिकारीद्वारा प्रधानमन्त्रीसँग भेट, निजी क्षेत्रलाई सधैं सहयोग गर्ने आश्वासन

सेयर बजार कमब्याक, कारोबार रकम भने दिनदिनै घट्दै Read Next

सेयर बजार कमब्याक, कारोबार रकम भने दिनदिनै घट्दै