महासंघको नवनिर्वाचित पदाधिकारीद्वारा प्रधानमन्त्रीसँग भेट, निजी क्षेत्रलाई सधैं सहयोग गर्ने आश्वासन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले प्रधानमन्त्रीसँग औपचारिक भेटवार्ता गरेका छन् ।

 

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघका पदाधिकारीहरू सम्मिलित प्रतिनिधिमण्डलले ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटवाता गरेका हुन् ।

 

महासंघको नयाँ नेतृत्वले सम्मानित निजी क्षेत्र र समुन्नत मुलुक निर्माणका लागि भिजन पेपर तयारीमा लागेको प्रधानमन्त्री समक्ष बताए ।

 

अध्यक्ष गोल्छाले कोभिडका कारण मुलुकको आर्थिक विस्तारमा निकै ठूलो समस्या आएकाले अवका दिनमा समग्र अर्थतन्त्रको सुदृढीकरणका लागि महासंघले विज्ञ समेतको सहयोगमा आवश्यक गृहकार्य गरीरहेको जानकारी गराए ।

 

अध्यक्ष गोल्छाले केही समयदेखि उद्योगहरूमा विभिन्न माग राखी उद्योग बन्द गर्ने कार्य भएको, जिल्लाका उद्यमी व्यवसायीहरूबाट चन्दा आतङक बढेको गुनासो आएको, काम गर्ने वातावरण नभएको र व्यवसायिक मनोवल समेत घट्दै गएकाले सरकारले समयमै यसतर्फ उचित कदम चाल्नुपर्ने सुझाव राखे ।

 

बजेट र मौद्रिक नीतिले उद्यमी व्यवसायीका केही माग संवोधन गरेको भएपनि धेरैजसो कार्यान्वयन हुन नसकेकाले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन सहित कोभिड पुनरूत्थान विशेष कार्यक्रमको आवश्यकता माथि जोड समेत दिए ।

 

महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिए । प्रधानमन्त्रीले मुलुकको आर्थिक सुदृढीकरणका लागि महासंघको नवनिर्वाचित टिमले अगाडि सारेको कार्ययोजनाको स्वागत गर्दै सरकारले गर्नुपर्ने सहयोगका लागि आफू सधैं तयार रहेको विश्वास दिलाए ।

 

‘तपाईंहरू उद्योग व्यवसायमा लाग्नुहोस, के सहयोग गर्नुपर्छ म आफै पनि र उद्योग मन्त्रालयका तर्फबाट समेत तपाईहरूलाई चाहेको सहयोग हुन्छ,’ प्रधानमन्त्रीले भने ।

 

भेटवार्तामा महासंघका निवर्तमान अध्यक्ष भवानी राणा, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अंजन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनको सहभागिता रहेको थियो ।

८ महिनापछि खुल्यो चिडियाखाना, अनलाइन बाटै टिकट काटेर जान सकिने Read Previous

८ महिनापछि खुल्यो चिडियाखाना, अनलाइन बाटै टिकट काटेर जान सकिने

गरिबलाई कोरोनाको खोप दिलाउन थप २५ करोड डलर दिने गेट्स फाउन्डेसनको घोषणा Read Next

गरिबलाई कोरोनाको खोप दिलाउन थप २५ करोड डलर दिने गेट्स फाउन्डेसनको घोषणा