मनकामना केवलकारको टिकट अब ‘प्रभु पे’बाट काट्न सकिने

काठमाडौं । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केवलकारको टिकट अब प्रभु पेबाट पनि खरिद गर्न सकिने भएको छ ।

 

यसअघि इसेवा र फोनपेबाट टिकट काट्न सक्ने व्यवस्था गरिसकिएकोमा आजदेखि प्रभु पेबाट पनि केवलकारको टिकट काट्न सकिने व्यवस्था गरिएको हो ।

 

डिजिटल माध्यमबाट टिकट काट्न सकिने व्यवस्था मिलाउदा मनकामना दर्शन गर्न जाने भक्तजनहरुले टिकट खरिद गर्न लामो लाइनमा बस्नु पर्ने बाध्यताको अन्त्य हुने समितिको भनाई छ । प्रभु पे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त संस्था हो ।

अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारी Read Previous

अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारी

बजार बढ्दा टाउको दुखे नेप्से सधैं १२००-१६०० बीचमा रहने नीतिगत व्यवस्था किन नगर्ने ? Read Next

बजार बढ्दा टाउको दुखे नेप्से सधैं १२००-१६०० बीचमा रहने नीतिगत व्यवस्था किन नगर्ने ?