नेपाल एयरलाइन्स फेरि कारबाहीमा, १५ दिनका लागि हङकङ उडानमा प्रतिबन्ध

काठमाडौं । नेपाल एयरलाइन्स फेरि कारबाहीमा परेको छ ।

 

सरकारी ल्याबको रिर्पोट लिएर हङकङ उडेका ६ जनामा कोरोना देखिएपछि हङकङले नेपाल एयरलाइन्सलाई पुनः १५ दिनका लागि उडानमा प्रतिबन्ध लगाएको हो ।

 

हवाई सेवा उडानमा ३ देखि १५ डिसेम्बरसम्म उडानमा प्रतिबन्ध लगाएको बताइएको छ ।यसअघि हङकङले पहिलो पटक अक्टोबर ४ देखि नोभेम्बर १७ सम्म, दोस्रोपटक अक्टोबर २० देखि नोभेम्बर ३ सम्म र तेस्रो पटक नोभेम्बर १२ देखि २५ सम्म उडान प्रतिबन्ध लगाएको थियो।

 

यसअघि ३ पटकसम्म हङकङ उडानमा प्रतिबन्ध लागेपछि नेपाल एयरलाइन्सले हङकङ जाने उडानमा नेपालका सरकारी ल्याबको रिपोर्टलाई मात्रै मान्यता दिने निर्णय गरेका थियो।

हालसम्मकै ठूलो आइपीओ ल्याउन लागेको कम्पनीको यस्तो छ वित्तीय अवस्था, सबैले ७० कित्ता पाउने सम्भावना Read Previous

हालसम्मकै ठूलो आइपीओ ल्याउन लागेको कम्पनीको यस्तो छ वित्तीय अवस्था, सबैले ७० कित्ता पाउने सम्भावना

पेट्रोल पम्प भाडामा लगाउन नपाइने Read Next

पेट्रोल पम्प भाडामा लगाउन नपाइने