लक्ष्मी बैंकले गर्‍यो रुकुमका दुई गाउँपालिकासँग सहुलियतपूर्ण कर्जा प्रवाह सम्झौता

काठमाडौं । लक्ष्मी बैंकले रुकुम पश्चिमका त्रिवेणी र बाँफिकोट गाउँपालिकामा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका लागि दुवै गाउँपालिकासँग छुट्टाछुट्टै सम्झौता सम्पन्न गरेको छ ।

 

यस सम्झौता अन्तर्गत सम्बन्धित गाउँपालिकाको सहजीकरण र सिफारिसमा स्थानिय कृषी उद्यमि, कृषि समूह, कृषि सहकारी लगायत अन्य संघसंस्थाहरुले बैंकबाट सहुलियत दरमा कर्जा प्राप्त गर्नेछन् ।

 

आज एक कार्यक्रम बीच लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा त्रिवेणी र बाँफिकोट गाउँपालिकाका अध्यक्षहरु क्रमशः झक्कुप्रसाद घर्तिमगर र धर्मबहादुर केसीले उपरोक्त सम्झौतामा हस्ताक्षर गरे ।

 

कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले बैंकले कृषि कर्जालाई प्राथमिकतामा राख्दै आएको र सोका लागि छुट्टै इकाइसमेत स्थापना गरेको जानकारी गराए ।

 

कार्यक्रममा उपस्थित पूर्व उर्जामन्त्री जनार्दन शर्माले सम्झौतामाथि आफ्नो धारणा राख्दै रुकुम पश्चिमका अन्य स्थानीय निकायहरुका लागि समेत यस्तै सम्झौता गरिने बताए ।

१ वर्षमा भित्रिए सवा २ लाख विदेशी पर्यटक, प्रवद्र्धन रणनीति बनाउँदै पर्यटन बोर्ड Read Previous

१ वर्षमा भित्रिए सवा २ लाख विदेशी पर्यटक, प्रवद्र्धन रणनीति बनाउँदै पर्यटन बोर्ड

सेयर कर्जामा अंकुश लगाउँदै राष्ट्र बैंक, यस्ता छन् मौद्रिक समीक्षामा गरिएका नयाँ व्यवस्था Read Next

सेयर कर्जामा अंकुश लगाउँदै राष्ट्र बैंक, यस्ता छन् मौद्रिक समीक्षामा गरिएका नयाँ व्यवस्था