ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा इलामको माइजोगमाईमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले इलाम जिल्लाको माईजोगमाई गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । थप १ वटा शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २३२ पुगेको छ ।

 

शाखारहित बैंकिङ सेवाबाट सेवाग्राहीले निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा निकाल्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिशहोम/सीडीएमए/यूटीएल/एनटीसको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

 

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले यस स्थानमा शाखारहित बैंकिङ सेवा शुरु गरेको बैकले जनाएको छ ।

 

बैंकले हाल देशभरका २६४ शाखा सञ्जाल सहित २३९ एटीएम, ४६ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३२ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

रोजगारीका लागि कोरिया जाने प्रक्रिया तत्काल शुरु हुँदै, रोस्टरको अवधि ६ महिना थपिने Read Previous

रोजगारीका लागि कोरिया जाने प्रक्रिया तत्काल शुरु हुँदै, रोस्टरको अवधि ६ महिना थपिने

नेरुडे लघुवित्तको प्रमोटर सेयर ३०० रुपैयाँमै किन्ने अवसर Read Next

नेरुडे लघुवित्तको प्रमोटर सेयर ३०० रुपैयाँमै किन्ने अवसर