काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको (प्रमोटर) सेयर लिलामीमा आउने भएको छ । प्राइम कमर्शियल बैंकले आफ्नो नाममा रहेको ८६ हजार ९०० कित्ता संस्थापक सेयर लिलामी मार्फत विक्री गर्न लागेको हो ।
बैंकले आफ्नो स्वामित्वमा रहेको १ लाख १० हजार कित्ता संस्थापक सेयर २०७६ असार १० गतेदेखि विक्रीमा ल्याएको थियो । त्यसमध्ये २२ हजार ७०० कित्ता सेयर मात्र विक्री भएको थियो भने बाँकी रहेको ८७ हजार ३०० कित्ता अहिले लिलामी मार्फत विक्री गर्न लागेको हो ।
कम्पनीको सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ । कम्पनीको लिलामी सेयरमा मंसिर २५ गते देखि पुस २ गते सम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।
लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले सनराइज क्यापिटल, प्राइम कमर्शियल बैंकका शाखा कार्यालयहरु विर्तामोड झापा, विराटनगर, विरगञ्ज पर्सा, भरतपुर चितवन तथा नेपालगञ्ज बाँकेबाट आवेदन दिन सक्नेछन् ।