वोमी लघुवित्तद्वारा आकर्षक लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६को भन्दा १९.४७ प्रतिशत बढी हो । बैंकले अघिल्लो आवमा १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिएको थियो ।

 

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

मध्यपहाडी राजमार्ग निर्माण कछुवाको गतिमा, डेढ दशकमा आधा मात्र काम पूरा Read Previous

मध्यपहाडी राजमार्ग निर्माण कछुवाको गतिमा, डेढ दशकमा आधा मात्र काम पूरा

माउन्टेन इनर्जीको आइपीओ बाँडफाँट, ४ लाख ६८ हजारको हात रित्तो Read Next

माउन्टेन इनर्जीको आइपीओ बाँडफाँट, ४ लाख ६८ हजारको हात रित्तो