माउन्टेन इनर्जीको आइपीओ बाँडफाँट, ४ लाख ६८ हजारको हात रित्तो

काठमाडौं । माउन्टेन इनर्जी नेपाल कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।

 

विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टमा आज भएको बाँडफाँट अनुसार भाग्यमानी १ लाख ८३ हजार ८६ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी ४ लाख ६८ हजार ५४९ जनाको हात रित्तो भएको छ ।

 

कम्पनीको आइपीओमा कुल ६ लाख ५३ हजार २९१ जनाले आवेदन दिएका थिए । त्यसमध्ये १ हजार ७१६ आवेदन रद्द भएको छ ।

 

कम्पनीले कात्तिक २६ गतेदेखि प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्काशन गरेको थियो ।

 

निष्काशित कुल सेयर मध्ये २ प्रतिशत (३९ हजार ३६१ कित्ता) कर्मचारीलाई र ५ प्रतिशत (९८ हजार ४०१ कित्ता) सामूहिक लगानी कोषहरुका छुट्याइएको छ भने बाँकी १८ लाख ३० हजार २६५ कित्ताका लागि सर्वसाधरणले आवेदन दिएका थिए ।

 

कम्पनीले कुल ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ जारीका लागि अनुमति पाएको थियो । त्यसमध्ये कम्पनीले यसअघि नै पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयलाई १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ विक्री गरिसकेको छ ।

वोमी लघुवित्तद्वारा आकर्षक लाभांश घोषणा, बोनस र नगद कति Read Previous

वोमी लघुवित्तद्वारा आकर्षक लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं भ्यूटावर निर्माण सुस्त, ५ वर्षमा १५ प्रतिशत मात्र काम सम्पन्न Read Next

काठमाडौं भ्यूटावर निर्माण सुस्त, ५ वर्षमा १५ प्रतिशत मात्र काम सम्पन्न