चिलिमे जलविद्युतको लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

 

कम्पनीले आगामी पुस १२ गते साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २९ देखि पुस १२ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार मङ्सिर २८ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

६० करोडको आइपीओ जारी गर्न अनुमति पाएको प्रभु लाइफको यस्तो छ वित्तीय अवस्था Read Previous

६० करोडको आइपीओ जारी गर्न अनुमति पाएको प्रभु लाइफको यस्तो छ वित्तीय अवस्था

बैंकको स्प्रेडदर कम गर्न पहल गर्छु : चन्द्रप्रसाद ढकाल Read Next

बैंकको स्प्रेडदर कम गर्न पहल गर्छु : चन्द्रप्रसाद ढकाल