सेयर बजारमा प्रविधिको फड्को, ८८ प्रतिशले गर्छन् अनलाइबाटै सेयर किनबेच

काठमाडौं। सेयर कारोबारमा प्रविधिको प्रयोग ह्वात्तै बढेको छ । कोरोना कारण ब्रोकर कार्यालयमा गएर कारोबार गर्ने वातावरण नभएपछि लगानीकर्ता सेयर खरिदविक्री अनलाइन मार्फत गर्न थालेका हुन् ।

 

नेप्सेको अनलाइन प्रणाली (टीएमएस) सञ्चालनमा आएको करिब दुई वर्ष पुगेको छ । लकडाउन (चैत) अघि करिब १ प्रतिशत हाराहारीले मात्रै अनलाइन बाट कारोबार गर्ने गर्थे भने अहिले त्योसंख्या बढेर करिब ८९ प्रतिशत पुगेको छ ।

 

दैनिक सेयर कारोबार गर्नेमध्ये अहिले करिब ८९ प्रतिशले अनलाइनमार्फत सेयर कारोबार गर्ने गरेको नेप्सेले जनाएको छ ।

 

गत बिहीबार नेप्सेले साढे ४ वर्षअघिको अलटाइम हाईको रेकर्डलाई ब्रेक गरेको थियो भने हिजो आइतबार नयाँ रेकर्ड बनाएको छ । आइतबार सेयर बजारमा नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम भएको थियो ।

 

नेपाल स्टक एक्सचेन्जले एक सूचना प्रकाशित गर्दै आइतबार कुल सेयर कारोबार भएकोमध्ये अनलाइन प्रणालीबाटै ८८.५५ प्रतिशत भएको जनाएको छ।

 

आइतबार ३५ हजार ३१७ लगानीकर्ता सेयर खरिदबिक्रीमा सहभागी भएका थिए। जसअनुसार ३१ हजार २७३ जनाभन्दा बढी लगानीकर्ताले अनलाइनमार्फत कारोबार गरेका थिए।

 

त्यसैदिन सेयर बजारले कारोबार रकममा पनि कीर्तिमान बनाएको थियो । एकैदिनमा इतिहासकै सर्वाधिक सवा ९ अर्बको कारोबार हुँदै नयाँ रेकर्ड बनाएको हो ।

 

यसअघि गतहप्ता साढे ७ करोडको कारोबार हुँदै इतिहासकै धेरै कारोबारको रेकर्ड बनाएको थियो ।कारोबार रकमलाई आधारमान्दा औसतमा प्रतिमिनेट ३ करोड ८४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको देखिन्छ ।

 

नेप्सेका अनुसार हालसम्म अनलाइन कारोबार गर्नका लागि १ लाख ८९ हजारबढी लगानीकर्ताले युजरनेम तथा पासवर्ड लिएका छन् ।

सेयर बजारमा उछाल, प्रतिमिनेट साढे ४ करोडको कारोबार Read Previous

सेयर बजारमा उछाल, प्रतिमिनेट साढे ४ करोडको कारोबार

बुल रनको ६ महिनामै सेयर मूल्य झण्डै तेब्बर, कुन क्षेत्रका कम्पनीको भाउ कति बढ्यो Read Next

बुल रनको ६ महिनामै सेयर मूल्य झण्डै तेब्बर, कुन क्षेत्रका कम्पनीको भाउ कति बढ्यो