सेयर बजारमा उछाल, प्रतिमिनेट साढे ४ करोडको कारोबार

काठमाडौं । सेयर बजारले दिनदिनै नयाँ रेकर्ड बनाएको छ । आज बजार खुलेको १ घण्टामा बजार सूचक नेप्से करिब ४० अंकले बढेर २००० विन्दु पार गरको छ । यो अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड हो ।

 

सूचकसँगै कारोबार रकमले पनि नयाँ रेकर्ड कायम गरेको छ । सेयर बजार इतिहासमै १ घण्टामै २ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो नेपाली सेयर बजारमा अहिलेसम्म एक घण्टामै भएको सबैभन्दा धेरै कारोबार हो ।

 

यसआधारमा प्रतिमिनेट औसतमा ४ करोड ७१ रुपैयाँ बराबरको कारोबार भएको छ भने प्रतिसेकेन्ड औसतमा करिब ७ लाख ८५ हजार रुपैयाँ कारोबार भएको छ । गत वर्ष पुस/माघ तिर दैनिक औसतमा जम्मा १५ देखि २० करोड कारोबार हुने गर्थ्यो ।

 

पछिल्ले समय बैंकिङ प्रणलीमा अधिक तरलता कायम भई ब्याजदर सस्तो भएपछि लगानीकर्ता उत्साहित हुँदा बजारले नयाँ रेकर्ड बनाउने बाटोमा गएको जनाकारहरु बताउँछन् । साथै, पछिल्लो समय सेयर बजार प्रविधिमैत्री हुनु, नयाँ लगानीकर्ताको प्रवेश, कोरोनाका कारण अन्य क्षेत्रमा लगानी विस्तार हुन नसक्नु लगायत कारले बजारलाई नयाँ उचाइमा पुर्याएको उनीहरुको भनाइ छ ।

मध्यपहाडी राजमार्गको कास्की खण्डमा कालोपत्र शुरु, चैत्रभित्र सम्पन्न गर्ने लक्ष्य Read Previous

मध्यपहाडी राजमार्गको कास्की खण्डमा कालोपत्र शुरु, चैत्रभित्र सम्पन्न गर्ने लक्ष्य

सेयर बजारमा प्रविधिको फड्को, ८८ प्रतिशले गर्छन् अनलाइबाटै सेयर किनबेच Read Next

सेयर बजारमा प्रविधिको फड्को, ८८ प्रतिशले गर्छन् अनलाइबाटै सेयर किनबेच