सानिमा बैंकले ल्यायो निःशुल्क क्रेडिट कार्ड योजना

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुका लागि ‘अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्’ नारा सहित निःशुल्क क्रेडिट कार्ड योजना सार्वजनिक गरेकोछ ।

 

यो योजना १५ मंसिर देखि २२ मंसिर २०७७ सम्म अनलाइनबाट क्रेडिट कार्डको आवेदन दिने सम्पूर्ण ग्राहकहरुका लागि लागू हुने बैंकले जनाएको छ । अनलाइन आवेदन बैंकको वेबसाइटबाट दिन सकिनेछ ।

 

यस अवधिमा अनलाइनबाट क्रेडिट कार्ड आवेदन दिने ग्राहकले निःशुल्क क्रेडिट कार्डका साथै सुलभ ब्याजदरमा मासिक किस्तामा विशेष सुविधा पाउन सक्नेछन् ।

 

साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

 

बैंकले हाल देशभरका ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटीएममार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

कहिले हुँदैछ माउन्टेन इनर्जीको आइपीओ बाँडफाँट ? Read Previous

कहिले हुँदैछ माउन्टेन इनर्जीको आइपीओ बाँडफाँट ?

सरकार निजी क्षेत्रलाई साथ लिएर अघि बढ्छ : अर्थमन्त्री पौडेल Read Next

सरकार निजी क्षेत्रलाई साथ लिएर अघि बढ्छ : अर्थमन्त्री पौडेल