कहिले हुँदैछ माउन्टेन इनर्जीको आइपीओ बाँडफाँट ?

काठमाडौं । माउन्टेन इनर्जी नेपाल कम्पनीको प्राथमिक साधरण सेयर यसै साता बाँडफाँट हुने भएको छ।

 

विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टका आज आइपीओको प्रि-अलोटमेन्ट सम्पन्न भएको छ । । प्रि-अलोटमेन्ट भएको ३ दिन भित्र आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ। सो अनुसार कम्पनीको आइपीओ यही बुधबार बाँडफाँट हुने विक्री प्रबन्धकले जनाएको छ ।

 

कम्पनीले कात्तिक २६ गतेदेखि प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्काशन गरेको थियो ।

 

निष्काशित कुल सेयर मध्ये २ प्रतिशत (३९ हजार ३६१ कित्ता) कर्मचारीलाई र ५ प्रतिशत (९८ हजार ४०१ कित्ता) सामूहिक लगानी कोषहरुका छुट्याइएको छ भने बाँकी १८ लाख ३० हजार २६५ कित्ताका लागि सर्वसाधरणले आवेदन दिएका छन् ।

 

कम्पनीको आइपीओमा ६ लाख ७४ हजार ४१६ जनाले १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताका लािग आवेदन दिएका छन् । यसमध्ये गोलाप्रथाबाट भाग्यमानी १ लाख ८३ हजार २६ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् ।

 

कम्पनीले कुल ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ जारीका लागि अनुमति पाएको थियो । त्यसमध्ये कम्पनीले यसअघि नै पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयलाई १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ विक्री गरिसकेको छ ।

युनाइटेड इदी-मार्दीको आइपीओ बाँडफाँट, ४ लाख ६० हजारको हात रित्तो Read Previous

युनाइटेड इदी-मार्दीको आइपीओ बाँडफाँट, ४ लाख ६० हजारको हात रित्तो

सानिमा बैंकले ल्यायो निःशुल्क क्रेडिट कार्ड योजना Read Next

सानिमा बैंकले ल्यायो निःशुल्क क्रेडिट कार्ड योजना