लाइफ इन्स्योरेन्स कर्पोरेशनले घोषणा गर्‍यो अघिल्लो वर्षभन्दा ६०% कम लाभांश, बोनस र नगद कति

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

इन्स्योरेन्स सञ्चालक समितिको बुधबार बसेको बैठकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यो अघिल्लो आर्थिक वर्ष २०७४/७५को भन्दा ६० प्रतिशत कम हो । इन्स्योरेन्सले उक्त आवमा ३४.४७ प्रतिशत बोनस र ३५.५४ प्रतिशत नगद गरी कुल ७०.०१ प्रतिशत लाभांश दिएको थियो ।

 

इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल बीमा समितिको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

फास्ट ट्रयाकको ट्रयाक खोल्ने काम ८८% सम्पन्न, चैतदेखि सुरुङ खन्न शुरू गरिने Read Previous

फास्ट ट्रयाकको ट्रयाक खोल्ने काम ८८% सम्पन्न, चैतदेखि सुरुङ खन्न शुरू गरिने

सेयर बजारले तोड्यो एतिहासिक रेकर्ड, नेप्से अहिलेसम्मकै उच्च विन्दुमा Read Next

सेयर बजारले तोड्यो एतिहासिक रेकर्ड, नेप्से अहिलेसम्मकै उच्च विन्दुमा