सेयर बजारले तोड्यो एतिहासिक रेकर्ड, नेप्से अहिलेसम्मकै उच्च विन्दुमा

काठमाडौं ।नेपाली सेयर बजारले इतिहासकै सर्वाधिक विन्दुको रेकर्ड बनाएको छ । बजार खुल्नसाथ १९ अंकले बढेर १८९४ बिन्दु पारगरेसँगै साढे ४ वर्ष अघिको रेकर्ड तोडिएको हो ।

 

नेप्से यसअघि २०७३ साउन ११ गते इतिहासकै उच्च विन्दु १८८१ को रेकर्ड राखेको थियो । त्यस यता निरन्तर ओरालो लागेको बजारले पछिल्लो ६ महिनायता गति लिएको थियो ।

 

पछिल्लो ६ महिनामा नेप्से करिब ७०० अंकले बढेको छ भने दशैं यता मात्रै २०० अंकले भन्दा बढीले बढेको छ ।

 

पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता कायम भई ब्याजदर सस्तिनु नै बजारले नयाँ रेकर्ड राख्नुको मुख्य कारण रहेको जानकारहरु बताउँछन् ।

 

यस्तै, पछिल्लो समय बजारमा नयाँ लगानीकर्ताको प्रवेश, सेयर बजार प्रविधिमैत्री बन्नु, कोरोनाका कारण अन्य क्षेत्रमा लगानी हुने वातावरण नहुँदा लगानीकर्ता सेयरबजार प्रति आकर्षित हुनु लगायत कारणले बजार नयाँ उचाइमा पुगेको हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनले घोषणा गर्‍यो अघिल्लो वर्षभन्दा ६०% कम लाभांश, बोनस र नगद कति Read Previous

लाइफ इन्स्योरेन्स कर्पोरेशनले घोषणा गर्‍यो अघिल्लो वर्षभन्दा ६०% कम लाभांश, बोनस र नगद कति

सिभिल बैंक ११ औं वर्षमा प्रवेश, रोजगारी गुमाएकालाई १० छाक खाना खुवाउने Read Next

सिभिल बैंक ११ औं वर्षमा प्रवेश, रोजगारी गुमाएकालाई १० छाक खाना खुवाउने