काठमाडौं । सेयर बजारमा आज (बुधबार) उछाल आएको छ । बजारमा कारोवार भएका १९७ वटा कम्पनी मध्ये १७० वटाको सेयर मूल्य बढको छ भने १७ वटा कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको मूल्य यथावत रहेको छ ।
तर, झण्डै ६५ अंकले बढेको बजारमा पनि १७ वटा कम्पनीको लगानीकर्ताले भने गुमाएका छन् । आज सबै उप–सूचकहरु बढेपनि १७ वटा कम्पनीको भने सेयर मूल्यमा गिरावट आएको हो ।
आज सेयर मूल्य घट्नेमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५.८० प्रतिशतले गुमाएका छन् । यसैगरी लक्ष्मी इक्विटी फण्डका लगानीकर्ताले पनि ३.६८ प्रतिशतले गुमाएका छन् ।
आज धेरै गुमाउने कम्पनीहरुको सूचीमा सिनर्जी पावर र युनिर्भसल पावर कम्पनी पनि रहेका छन् । यी दुई कम्पनीहरुको सेयर मूल्यमा क्रमश २.०८ र २.०३ प्रतिशतले गिरावट आएको छ ।
जानकी फाइनान्सका लगानीकर्ताले पनि आज १.९५ प्रतिशतले गुमाएका छन् । यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंक र एनआरएन इन्फ्रास्टक्चर कम्पनीका लगानीकर्ताले पनि क्रमश १.७८ र १.६९ प्रतिशतले गुमाएका छन् ।
यस्तै, जलवि३ुत कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, नेपाल फाइनान्स, ओरेन्टल होटल, पोखरा फाइनानस, प्रोग्रेसिभ फाइनान्स, एनआरएन लघुवित्त, छ्याङदी हाइड्रोपावर लगायत १७ कम्पनीको मूलय घटेको छ ।
अन्य क्षेत्रमा सुस्तता छाएको समयमा जलबिद्युत कम्पनीको सेयरमा केही महिनायता उछाल आएको थियो । उक्त समयमा जलविद्युत कम्पनीहरुको सेयर मूल्य दुई देखी तीन गुणासम्म बढेको थियो । तर, अहिले भने यो क्षेत्रमा केही सुस्तता देखिएको छ ।