सेयर बजारको ऐतिहासिक रेकर्ड तोडिन ७ अंक बाँकी, नेप्से साढे ४ वर्ष यताकै उच्च

काठमाडौं । सेयर बजार साढे ४ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । बुधबार एकै दिन नेप्से परिसूचक करिब ६५ अंकले बढेर १८७५ विन्दु पुगेसँगै २०७३ साउन यताकै उच्च विन्दुमा पुगेको छ ।

 

अब नेप्सेले ऐतिहासिक रेकर्ड १८८१ को विन्दु तोड्न ६ अंक मात्र बाँकी छ । यस अघि २०७३ साउन ११ गते नेप्से इतिहासकै उच्च १८८१ विन्दुमा पुगेको थियो ।

 

पछिल्ले समय बैंकिङ प्रणलीमा अधिक तरलता कायम भई ब्याजदर सस्तो भएपछि लगानीकर्ता उत्साहित हुँदा बजारले नयाँ रेकर्ड बनाउने बाटोमा गएको जनाकारहरु बताउँछन् । साथै, पछिल्लो समय सेयर बजार प्रविधिमैत्री हुनु, नयाँ लगानीकर्ताको प्रवेश, कोरोनाका कारण अन्य क्षेत्रमा लगानी विस्तार हुन नसक्नु लगायत कारले बजारलाई नयाँ उचाइमा पुर्याएको उनीहरुको भनाइ छ ।

 

यस हप्ता मात्रै नेप्से परिसूचक १०० अंकभन्दा धेरैले बढीसकेको छ ।सेयर बजार मापक सूचक नेप्से ६४.५६ अंकले बढेर १८७५.१० विन्दुमा पुगेको छ । यसदिन १९६ कम्पनीको १ करोड ८८ लाख ४६ हजार १८१ कित्ता सेयर ६ अर्ब ६१ करोड ७७ लाख ७४ हजार ९९४ रुपैयाँमा कारोबार भएको छ ।

 

कारोबारमा आएका १२ वटै समूहको परिसूचक हरियो भएक छन् । आज निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ३१३.८७ अंकले बढेको छ ।

 

आज सबैभन्दा धेरै नेको इन्स्योरेन्सको प्रमोटर सेयर कारोबार भएको छ । यसको ४२ करोड २९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबार रकमकै आधारमा नेपाल पुनर्बीमा कम्पनी र नबिल बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज कारोबार भएका कुल १९७ कम्पनी मध्ये १७० कम्पनीको मूल्य बढेको छ भने १७ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

 

तीव्र उछाल आएको बजारमा आज १० वटा कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । एनएमबी माइक्रोफाइनान्स, शिवम सिमेन्ट, विशाल बजार, पुनर्बीमा कम्पनी, अजोड इन्स्योरेन्स, आँखुखोला जलविद्युत, नेपाल टेलिकम, शिवश्री हाइड्रो, ङादी पावर र मल्टीप्रपोज फाइनान्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

 

बढ्दो बजारमा पनि आज नेशनल हाइड्रोका लगानीकर्ताले भने सबैभन्दा धेरै ५.८० प्रतिशतले गुमाएका छन् ।

उद्योगीले उखु किसानलाई ढाँटेको ढाँट्यै, अझै पाएनन् भुक्तानी Read Previous

उद्योगीले उखु किसानलाई ढाँटेको ढाँट्यै, अझै पाएनन् भुक्तानी

‘बुल’ बजारमा पनि यी हुन् भाउ नबढ्ने १७ कम्पनी Read Next

‘बुल’ बजारमा पनि यी हुन् भाउ नबढ्ने १७ कम्पनी