४ महिनामा भित्रियो ४ खर्बको सामान, निर्यात ४० अर्ब मात्र

काठमाडौं । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा भने वृद्धि भएको छ ।

 

भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्याङ्कअनुसार १० प्रतिशत आयातमा कमी आउँदा १० प्रतिशतले नै निर्यातमा वृद्धि भएको हो ।

 

भन्सार विभागको तथ्याङ्कमध्ये चालू आवको पहिलो चार महिनाको अवधिमा ४ खर्ब २ अर्बको विदेशी वस्तुको आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १०.६२ प्रतिशतले कमी हो ।

 

यसैगरी चार महिनाको अवधिमा ४० अर्ब २० करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा १०.८१ प्रतिशतले बढी हो ।

 

तथ्याङ्कानुसार चार महिनाको अवधिमा ४ खर्ब ४२ अर्ब ६९ करोडको वैदेशिक व्यापारबाट नेपालले ३ अर्ब ६२ करोड घाटा बेहोरेको छ ।

 

यो अघिल्लो आवको यसै अवधिको तुलनामा १२.४९ प्रतिशत गिरावट हो । गत आवको सोही अवधिमा ४ खर्ब ८६ अर्ब ५७ करोड बराबरको वैदेशिक व्यापार हुँदा ४ खर्ब १४ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा थियो ।

 

गत आर्थिक वर्षको चैतदेखि घट्दो क्रममा रहेको नेपालको आयात व्यापार असोजमा एकै महिनामा १ खर्ब १३ अर्बको वस्तु आयात भएकोमा कात्तिक महिनामा पुनः घटेको भन्सारले जनाएको छ ।

एनएमबी माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति Read Previous

एनएमबी माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति

उद्योगीले उखु किसानलाई ढाँटेको ढाँट्यै, अझै पाएनन् भुक्तानी Read Next

उद्योगीले उखु किसानलाई ढाँटेको ढाँट्यै, अझै पाएनन् भुक्तानी