चन्द्रागिरी हिल्सको आइपीओ मंसिर १७ गते देखि खुल्ने, ३ हजार कित्तासम्म भर्न पाउने

काठमाडौं । चन्द्रागिरी हिल्सले यही मंसिर १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ६८ लाख १ हजार ९०० रुपैयाँ बराबरको ३ लाख ६ हजार ८१९ कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

 

कम्पनीको आइपीओमा आयोजना प्रभावित काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. ३, ४, ६ र ७ ( साविक थानकोट गाविसका सबै वडा र महादेवस्थान गाविसका वडा नं. ३, ४, ५, ६, ७ र ८ ), मकवानपुरको थाहा नगरपालिका वडा नं. ९ र १० (साविक चित्लाङ गाविसका सबै वडा) र इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ (साविक फाखेल गाविसका सबै वडा) का स्थानीयवासीले आवेदन दिन पाउनेछन् ।

 

कम्पनीले धितोपत्र बोर्डबाट १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएकोमा पहिलो चरणमा स्थानीयवासीमा आइपीओ जारी गर्न लागेको हो । स्थानीयमा आइपीओ जारी गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधरणमा १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ जारी गर्नेछ ।

 

इच्छुक लगानीकर्ताले कम्पनीको आइपीओमा पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ६० कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

 

कम्पनीको आइपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको आइपीओमा सर्वसाधरणले विक्री प्रबन्धक ग्लोलबल आइएमई क्यापिटल, धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सदस्यता प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

 

चन्द्रागिरी हिल्सले काठमाडौंको चन्द्रागिरीमा केबलकार सञ्चालन गरिरहेको छ भने त्यहाँ होटल, रिसोर्ट लगायतका संरचनाहरु निर्माण गररिरहेको छ ।

प्राइम लाइफको खुद नाफा २१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति Read Previous

प्राइम लाइफको खुद नाफा २१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति

सिटिजन्स बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

सिटिजन्स बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन