काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
बैंकले यही मंसिर २० गते १४ औं वार्षिक साधरण सभा डाकेको छ । सभा प्रयोजनाका लागि बैंकले मंसिर ११ गते बुक क्लोज तोकेको छ । त्यस अनुसार आजसम्म सेयरधनी कायम रहनले मात्र बैंकले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।
बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
साधरण सभाले उक्त लाभांश प्रस्ताव पारित गरेपछि लगानीकर्ताले लाभांश पाउनेछन् ।