प्राइम लाइफको खुद नाफा २१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.४७ प्रतिशतले खुद नाफा बढाएको छ ।

 

कम्पनीको चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले १२ करोड ७ लाख ७४ हनार रुपैयाँ खुद मुनाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा २ करोड ५ लाख १९ हजार रुपैयाँले बढी हो ।

 

कम्पनीको यस अवधिको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको १९.९७ पैसाबाट बढेर २१.३९ रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको कुल बीमाशुल्क १ अर्ब १० अर्ब ७ करोड ७४ लाख ८० हजार नाघेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४०.७२ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को पहिलो त्रैमाससम्ममा कम्पनीको बीमाशुल्क ७६ करोड ५६ लाख रहेकोमा त्यसयता ३१ करोड १७ लाख ९६ हजार रुपैयाँले बढेको हो । गत असोजसम्ममा कम्पनीको जीवन बीमा कोष १२ अर्ब ३७ करोड ४२ लाख ६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा प्राइम लाइफको जीवन बीमा कोष ९ अर्ब ५१ करोड ७ लाख ८५ हजार रुपैयाँ बराबर थियो । जीवन बीमा कोषमा भएको बृद्धि ३०.११ प्रतिशत तथा रकमका हिसाबले २ अर्ब ८६ करोड ३४ लाख २१ हजार रुपैयाँले बढी हो ।

 

कम्पनीको कुल लगानी २४.४१ प्रतिशतले बढेर १४ अर्ब १२ करोड ४४ लाख ९२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा प्राइम लाइफको कुल लगानी ११ अर्ब ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ थियो । कम्पनीको खुद सम्पत्ति ४.२१ प्रतिशतले बढेर ३ अर्ब ३० करोड ६१ लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष यो ३ अर्ब १७ करोड २५ लाख ५१ हजार बराबर थियो ।

 

 

हुलाकी सडक निर्माण अति सुस्त गतिमा, ४५ महिनामा जम्मा १४ किमी कालोपत्र Read Previous

हुलाकी सडक निर्माण अति सुस्त गतिमा, ४५ महिनामा जम्मा १४ किमी कालोपत्र

चन्द्रागिरी हिल्सको आइपीओ मंसिर १७ गते देखि खुल्ने, ३ हजार कित्तासम्म भर्न पाउने Read Next

चन्द्रागिरी हिल्सको आइपीओ मंसिर १७ गते देखि खुल्ने, ३ हजार कित्तासम्म भर्न पाउने