प्रसारण लाइनमा नयाँ फडको, काठमाडौं-ढल्केवर लाइनमा लुप जोडियो
चाणक्य पोष्ट
प्रकाशित : 5:17 pm, आइतबार, मंसिर ७, २०७७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनमा नयाँ फड्को मारेको छ । काठमाडौं-ढल्केवर प्रसारण लुप (सर्कल)जडान गरेर नयाँ फड्को मारेको हो ।

 

नेपाल विद्युत् प्राधिकरणमा कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी भर्खरै सम्हालेका हितेन्द्रदेव शाक्यको प्रत्यक्ष निर्देशन र निगरानीमा यो काम सम्पन्‍न भएको हो ।

 

ग्रिडका दक्ष इन्जिनीयरको टोलीले खिम्ती सबस्टेसनमा १३२ केभी लाइनको कनेक्सन र भित्रका कनेक्सन परिवर्तन गरी सो लुप जोड्न सफल भएका शाक्यको भनाइ छ ।

 

प्राधिकरणले २०७३ सालमा ढल्केवर–खिम्ती लाइन जडान गर्दा लुप जडान गर्न सकेको थिएन ।अब एउटै लुप भएपछि जहाँ जति अपुग भयो भने त्यही लुपबाट प्रशासरण हुने र मेक बिफोर ब्रेक गरिँदा विद्यूत काट्नु पर्ने बाध्यता नहुने शाक्यको विश्वास छ ।

 

‘यो सामान्य समस्या हो, दुई–चार जना इन्जिनीयर एक ठाउँमा राखेर छलफल गर्दा सजिलै हल भयो, यो सामान्य प्राविधिक समस्या छलफलको अभावमा अल्झिएको थियो । यो समाधान भयो,’ उनले भने ।

 

लुप जडान नहुँदा पटकपटक स्विचिङ गर्दा विशेष गरी औद्योगिक ग्राहकलाई मर्का परिरहेको थियो । आज आइतबार दिउँसोबाट सो लुप चालू रहने भएकाले उक्त समस्या हटेको प्राधिकरणको दाबी छ ।

 

अब एउटै लुप भएपछि जहाँ जति अपुग भयो भने त्यही लुपबाट प्रसारण हुने र ‘मेक बिफोर ब्रेक’ गरिँदा विद्युत् काट्नु पर्ने बाध्यता नहुने प्राधिकरणको विश्वास छ ।

Advertisement Section