उत्कृष्ट १५ करदाता घोषणा, विजयकुमार शाह र नबिल बैंकले तिरे धेरै कर

काठमाडौं । सरकारले विभिन्न क्षेत्रका उत्कृष्ट करदाता घोषणा गरेको छ । आन्तरिक राजस्व विभागले ९औं राष्ट्रिय कर दिवस सप्ताहको अन्तिम दिन आज विभिन्न क्षेत्रबाट धेरै कर तिर्ने उत्कृष्ट १५ करदाताको नाम घोषणा गरेको हो ।

 

विभागले आयकरतर्फ आर्थिक वर्ष २०७५/७६ र मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ आर्थिक वर्ष २०७६/७७ लाई आधार मानेर उत्कृट करदाताको नाम सार्वजनिक गरेको छ ।

 

विभागका अनुसार व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्ने उद्योगी विजयबहादुर शाह बनेका छन् । उनी विभिन्न लिकर कम्पनीका मालिक हुन् । उनी हिमालयन डिष्टिलरी, राज ब्रुअरी, जावलाखेल डिस्ट्रीलरी, एशियन लगायत कम्पनीका मालिक हुन् ।

 

विभागका अनुसार आव २०७५/७६ मा सबैभन्दा बढी कर तिर्ने कम्पनी सूर्य नेपाल भएको छ । निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर तिर्ने कम्पनी भने डाबर नेपाल प्रालि रहेको छ ।

 

यस्तै, पर्यटन व्यवसायमध्ये तारागाउँ रिजेन्सी होटेल्स लिमिटेड, विप्रेषणको कारोबार गर्ने कम्पनीबाट आइएमई लिमिटेड, बैंक तथा वित्तीय संस्थाबाट नबिल बैंक, सहकारी तथा लघुवित्त क्षेत्रबाट छिमेक लघुवित्त उत्कृष्ट करदाता बनेका छन् ।

 

यस्तै, बढी आयकर तिर्ने विशेष उद्योगका रुपमा हिमाल पावर कम्पनी, कृषि एवम् पशुपंक्षी उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता अन्नपूर्ण एग्रो एण्डष्ट्रिज प्रालि घोषित भएको छ ।

 

प्रसारण लाइनमा नयाँ फडको, काठमाडौं-ढल्केवर लाइनमा लुप जोडियो Read Previous

प्रसारण लाइनमा नयाँ फडको, काठमाडौं-ढल्केवर लाइनमा लुप जोडियो

देशकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशालाको काम ८५ प्रतिशत सम्पन्न Read Next

देशकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशालाको काम ८५ प्रतिशत सम्पन्न