साल्ट ट्रेडिङका सेयरधनी मालामाल, १२ कारोबार दिनमै सेयर मूल्य ३६०० रुपैयाँले बढेर दोब्बर

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य दुईहप्तामै दोब्बरले बढेको छ । जम्मा १२ कारोबार दिनमा कम्पनीको सेयर मूल्य ३५९२ रुपैयाँले बढेर सेयरधनीको सम्पत्ती दोब्बर भएको हो ।

 

नेपाल स्टक एक्सचेन्जका अनुसार कात्तिक १६ गते प्रतिकित्ता ३६५० रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मंसिर ४ गते (१२ कारोबार दिनमा) बढेर ७२४२ रुपैयाँ पुगेको छ ।

 

पछिल्ला १२ कारोबार दिनमध्ये निरन्तर ८ दिन सेयर मूल्यमा पोजेटिभ सर्किट लागेपछि सेयर मूल्य दोब्बर भएको हो ।

 

कम्पनीको सेयर मूल्य १ वर्षमा करिब ६ हजार रुपैयाँले वृद्धि भएको छ । गत मंसिरमा प्रतिकित्ता ११५९ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य वर्ष दिनमा ६ गुणाले बढेर ७ हजार २४२ रुपैयाँ पुगेको हो ।

 

कम्पनीको नेप्सेमा जम्मा १५ लाख ३५ हजार ४१८ कित्ता सेयर सूचिकृत छ । कम्पनीको सेयर संख्या अत्यन्तै कम भएको र न्यून व्यक्तिको हातमा मात्र सेयर भएकाले तीव्र चलखेल हुँदा सेयर मूल्यमा उछाल आएको लगानीकर्ताको आरोप छ । बढ्दो बजारमा साल्ट ट्रेडिङको सेयरमा कर्नरिङ गरी मूल्य अस्वभाविक वृद्धि गरिएको उनीहरुको भनाइ छ ।

पुनर्बीमा कम्पनी बन्यो १ खर्ब पूँजीकरण हुने दोस्रो कम्पनी, यी हुन् सेयर बजारका १० ठूला कम्पनी Read Previous

पुनर्बीमा कम्पनी बन्यो १ खर्ब पूँजीकरण हुने दोस्रो कम्पनी, यी हुन् सेयर बजारका १० ठूला कम्पनी

युनाइटेड इदी-मार्दीको आइपीओ भर्ने आज अन्तिम दिन, कति कित्ता भर्नु उपयुक्त Read Next

युनाइटेड इदी-मार्दीको आइपीओ भर्ने आज अन्तिम दिन, कति कित्ता भर्नु उपयुक्त