महासंघमा ६४ पदका लागि १२७ जनाको उम्मेदवारी, कुन पदमा को-को भिड्दैछन् (सूचीसहित)

काठमाडौं । उद्योग वाणिज्य महासंघ निर्वाचन समितिले आसन्न निर्वाचनमा भाग लिने उम्मेदवारहरुको नामावली प्रकाशित गरेको छ ।

 

समितिले शुक्रबार प्रकाशित गरेको अन्तिम उम्मेदवारहरुको नामावली अनुसार वरिष्ठ उपाध्यक्षसहित कार्यसमिति सदस्यका लागि १२७ जनाले उमेदवारी दर्ता गराएका छन् ।

 

त्यसमध्ये दुईजना कार्यसमिति सदस्य निर्विरोध चयन भएका छन् । महासंघको वरिष्ठ उपाध्यक्ष, वस्तुगत, जिल्लारनगर तथा एसोसिएटतर्फ एकरएक उपाध्यक्ष, सात प्रदेश, एक संस्थागत समूहसहित ६४ पदका लागि १२७ जनाको उम्मेदवारी परेको हो ।

 

नामावली अनुसार केन्द्रीय कार्यसमिति सदस्यमा प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट केन्द्रीय कार्यसमितिमा सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।

 

वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान, उद्योग वाणिज्य समूहको उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ, वस्तुगत समूहको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ एवं एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई र सौरभ ज्योति छन् ।

 

वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान, उद्योग वाणिज्य समूहको उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ, वस्तुगत समूहको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ एवं एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई र सौरभ ज्योति छन् ।उपाध्यक्षका उम्मेदवारहरु गुणनिधि, उमेशलाल र रामचन्द्र ढकाल प्यानका हुन् भने दिनेश, अञ्जन श्रेष्ठ र सौरभ प्रधान प्यानलका हुन् ।

 

जिल्लारनगरतर्फ १८ केन्द्रीय कार्यसमिति सदस्यका लागि ३८ जनाको उमेदवारी परेको छ । यस्तै वस्तुगततर्फको १४ कार्यसमिति सदस्यका लागि २९ जना र १९ एसोसिएटतर्फको सदस्यका लागि ३३ जनाको उमेदवारी परेको छ ।

 

एकजना संस्थागत समूहका लागि ३ जनाको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ । प्रदेशतर्फ वाग्मती र लुम्बिनी प्रदेशबाट ३÷३ तीनजनाको उमेदवारी परेको छ भने प्रदेश २, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट २र२ जनाले केन्द्रीय कार्यसमिति सदस्यका लागि उमेदवारी दिएका छन् ।

 

यसैगरी बस्तुगततर्फको १४ सदस्यका लागि २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने एशोसिएट्सतर्फको १९ पदका लागि ३३ जनाले मनोनयन दर्ता गराएका छन् ।

 

जिल्ला नगरतर्फको खुला केन्द्रीय सदस्यको १८ पदका लागि ३८ जनाले मनोनय दर्ता गराएका छन् भने प्रदेशतर्फको केन्द्रिय सदस्यको ७ पदका लागि १६ जनाले उम्मेदवारी दिएका छन् ।

 

जसमध्ये १ नम्बर प्रदेशमा वरिष्ठ उपाध्य ढकाल पक्षका उम्मेदवार राजेन्द्र राउतको मात्रै आवेदन परेकाले उनी निर्विरोध निर्वाचित भैसकेका छन् । यस्तै संस्थापक सदस्यतर्फको १ पदका लागि ३ जनाले आवेदन दिएका छन् ।

 

कुन पदमा कसको उम्मेदवारी ?

 

त्रिभुवन विमानस्थलको क्षमता बढाउन एडीबीले साढे १७ अर्ब ऋण दिने Read Previous

त्रिभुवन विमानस्थलको क्षमता बढाउन एडीबीले साढे १७ अर्ब ऋण दिने

नेपालमा १५ वर्ष माथिका सबैलाई कोरोनाको खोप लगाउन ६० अर्ब लाग्ने, कसले बेहोर्छ खर्च Read Next

नेपालमा १५ वर्ष माथिका सबैलाई कोरोनाको खोप लगाउन ६० अर्ब लाग्ने, कसले बेहोर्छ खर्च