काठमाडौं । चन्द्रागिरी हिल्सले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले चन्द्रागिरीलाई १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता आइपीओ निष्काशन गर्न कार्तिक २८ गते अनुमति दिएको हो ।
आइपीओे निष्काशनका लागि अनुमति माग्दै कम्पनीले जेठ २५ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीले यसअघि नै धितोपत्र निष्काशन सम्बन्धी काम गर्न ग्लोबल आइएमई क्यापिटललाई जिम्मा दिइसकेको छ ।
अब चन्द्रागिरीले २ महिनाभित्र आइपीओ निष्काशन गरिसक्नुपर्नेछ । कानूनी व्यवस्था अनुसार धितोपत्र बोर्डबाट अनुमति पाएको २ महिना भित्र सर्वसाधरणमा सेयर जारी गरीसक्नु पर्नेछ ।
चन्द्रागिरी हिल्सले काठमाडौंको चन्द्रागिरीमा केबलकार सञ्चालन गरिरहेको छ भने त्यहाँ होटल, रिसोर्ट लगायतका संरचनाहरु निर्माण गररिरहेको छ ।