नेपाल बैंकको अधिकांश सूचकमा गिरावट, खुद नाफा १९ प्रतिशतले घट्यो

काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल बैंकले आर्थिक वर्ष २०७५/०७६को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

 

बैंकले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा अघिल्लो वर्षको तुलनामा  ६० करोड ३७ लाख रुपैयाँले घटेको छ।

 

बैंकले आर्थिक वर्ष २०७५/०७६मा २ अर्ब ६१ करोड १९ लाख नाफा कमाएको छ ।जुन गत वर्षको भन्दा १८.७७ प्रतिशतले कमी हो ।

 

बैंकले अघिल्लो वर्षमा ३ अर्ब २१ करोड ५६ लाख खुद नाफा आर्जन गरेको थियो ।यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमाशः३.२६% र ६.१९% प्रतिशतले घटेको छ ।

 

यता, सञ्चित नाफामा भने आकर्षक सुधार भएको छ । गत वर्ष ४३ करोड ७१ लाख सञ्चित नोक्सानमा रहेको यो बैंक यस वर्ष ३ अर्ब सञ्चित नाफामा रहेको छ ।

 

करिब २२ प्रतिशतले पूँजी बढाएर २० प्रतिशत हाराहारीमा बैंकले निक्षेप संकलन तथा कर्जा लगानी गरि व्यवसाय बढाँउदा समेत बैंकको नाफा घटेको हो। ब्याज खर्चमा देखिएको उच्च बढोत्तरीले बैंकको ब्याज आम्दानीमा कमी आउँदा नाफा घटेको हो ।

 

यस्तै बैंकको जगेडा कोषको आकार पनि करिब २ अर्बले घटेर १३ अर्ब ३९ करोडमा सीमित बनेको छ।

 

असार मसान्तसम्म बैंकले एक खर्ब १७ अर्ब २० करोड निक्षेप संकलन गरि ९२ अर्ब ४१ करोड कर्जा लगानीबाट ६ अर्ब १७ करोड खुद ब्याज आम्दानी गरेको छ ।

 

बैंकको खुद नाफा घटेसँगै वार्षिक प्रतिशेयर आम्दानी १२.८३ रुपैयाँले घटेर २७.१५ रुपैयाँ कायम भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ ३००.५रुपैयाँ रहेको छ ।

केही मान्छेको बदमासीले योजना असफल भए : कृषिमन्त्री खनाल Read Previous

केही मान्छेको बदमासीले योजना असफल भए : कृषिमन्त्री खनाल

राष्ट्रिय प्रसारण लाइनमा २२ मेगावाट विद्युत् थप Read Next

राष्ट्रिय प्रसारण लाइनमा २२ मेगावाट विद्युत् थप