माउन्टेन इनर्जीको आइपीओ कहिलेसम्म भर्ने, कति कित्ता भर्नु उपयुक्त

काठमाडौं । माउन्टेन इनर्जी नेपालले निष्काशन गरेको प्राथमिक साधरण सेयर (आइपीओ) भने भोलि (कात्तिक ३ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले कात्तिक २६ गतेदेखि निष्काशन गरेको १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ भर्ने अन्तिम मिति मंसिर २ गतेसम्म तोके पनि त्यसदिन सार्वजनिक बिदा परेकाले मंसिर ३ गते सम्म भर्न पाइने भएको हो ।

 

निष्काशित कुल सेयर मध्ये २ प्रतिशत (३९ हजार ३६१ कित्ता) कर्मचारीलाई र ५ प्रतिशत (९८ हजार ४०१ कित्ता) सामूहिक लगानी कोषहरुका छुट्याइएको छ भने बाँकी १८ लाख ३० हजार २६५ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्ने छन् ।

 

कम्पनीले कुल ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ जारीका लागि अनुमति पाएको थियो । त्यसमध्ये कम्पनीले यसअघि नै पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयलाई १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ विक्री गरिसकेको छ ।

 

लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ र सीबीआइएल क्यापिटल रहेको छ ।

 

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर ‘एनपी ग्रेड ४ प्लस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको संकेत गर्दछ ।

 

कति कित्ताका लागि आवेदन दिनु उपयुक्त

 

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

 

कम्पनीले सर्वसाधरणलाई १८ लाख ३० हजार २६५ कित्ता छुट्याएको छ । सो अनुसार कम्पनीको आइपीओ समानुपातिक रुपमा बाँड्दा १ लाख ८३ हजार २६ आवेदकलाई १० कित्ताका दरले बाँडफाँट गर्न पुग्दछ। तर, १ लाख ८३ हजार जनाभन्दा बढीले आवेदन दिएको खण्डमा गोलाप्रथाबाट भाग्यशाली आवेदकले मात्र १० कित्ता पाउने सम्भावना हुन्छ ।

 

पछिल्लो समय खुलेका आइपीओमा करिब ९ लाख हाराहारीमा आवेदन दिँदै आएका छन् । त्यसका आधारमा यस आइपीओमा अधिकतम १० कित्ताका लागि १ हजार रुपैयाँ बराबरको आवेदन दिँदा उपयुक्त हुने देखिन्छ ।

साढे १९ करोडको आइपीओ ल्याएको माउन्टेन इनर्जीको ४२ मेगावाटको आयोजना अन्तिम चरणमा Read Previous

साढे १९ करोडको आइपीओ ल्याएको माउन्टेन इनर्जीको ४२ मेगावाटको आयोजना अन्तिम चरणमा

रासानियक मलमा अनुदान दिँदा प्राङ्गारिकलाई प्रोत्साहन गर्ने नीति खोइ ? Read Next

रासानियक मलमा अनुदान दिँदा प्राङ्गारिकलाई प्रोत्साहन गर्ने नीति खोइ ?