रासानियक मलमा अनुदान दिँदा प्राङ्गारिकलाई प्रोत्साहन गर्ने नीति खोइ ?

काठमाडौं । सरकारले रासायनिक मल उत्पादनका लागि नेपालमै उद्योग खोल्ने निर्णय गरेको छ । सो निर्यण अनुसार कार्तिक २५ गते बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मल खाना खोल्न आवश्यक तयारी गर्न ३ जना मन्त्रीलाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।

 

सो पश्चात कृषि अभियान्ताहरूले यसमा विरोध जनाएका छन् । उनीहरूले प्राङ्गारिक खेतीलाई अघि बढाउनु पर्ने ठाउँमा उल्टो कृषि जमिनलाई बाँझो बनाउन खोजिएको आरोप समेत लगाइएका छन् ।

 

खाद्यका लागि कृषि अभियानका संयोजक तथा राष्ट्रिय कृषक समूह महासंघका पूर्वाध्यक्ष उद्धव अधिकारीका अनुसार देशमा अझै ४० प्रतिशत जमिन प्राङ्गारिक रहेका छन् । जहाँ रासायनिक मल पुगेको छैन । त्यसलाई सरकारले संरक्षण गर्दै लैजानु पर्ने उनले बताए ।

 

रासायनिक मल किन्दा अनुदान दिने सरकारले प्राङ्गारिक मल प्रयोगका लागि किसानलाई आकर्षित गर्न रासायनिक मल किन्दा अनिवार्य प्राङ्गारिक मल पनि किन्नु पर्ने बाध्यकारी व्यवस्था गर्नुपर्ने जानकारहरु बताउँछन् ।

 

रासायनिक मल पुग्न नसकेका स्थानलाई प्राङ्गारिक खेती गर्दै रासायनिक मललाई विस्थापन गर्नु पर्ने कृषि अभियानकर्ताहरूको माग रहेको छ । सरकारले रासायनिक मल नेपालमै उत्पादन गरेर बाँकी रहेका जमिनलाई बाँझो बनाउन तर्फ लैजानुको सट्टा अब रासायनिक मलाई घटाउँदै लानु पर्ने अधिकारीको भनाइ छ ।

 

रासायनिक मलले जमिनलाई बिगार्ने र पछि उब्जनी नहुने बनाउने भन्दै उनले सरकारले यस तर्फ ध्यान नपुर्याएको बताए ।‘सरकारले रासायनिक मललाई विस्थापन गर्दै लैजानुको सट्टा झन प्रोत्साहन गर्न खोजिरहेको छ, यसमा हाम्रो घोर असन्तुष्टी रहेको छ , यसरी प्राङ्गारिक खेतीलाई अघि बढाउन सकिदैन,’ उनले चाणक्य पोष्टसँग भने ‘सरकारले प्राङ्गारिक खेतीलाई बढाउने कुनै कार्यक्रम निकालेको छैन, नत सरकारसँग प्राङ्गारिक खेती भइरहेका ठाउँको तथ्यांकनै छ ।’

 

देशमा ५ दशक अघिदेखि रासायनिक मल आयात भइरहेको छ । यसले वर्षेनी उब्जनी माटोलाई विगार्नुका साथै, मानिस र पृथ्वीको उपज तत्वलाई समेत नष्ट गर्दै लगेको छ । हाईब्रीड बीउ र रासायनिक मलले दिन प्रतिदिन जमिनको उर्बरा माटोलाई गरिरहेको छ ।

 

तराइका खेतहरूलाई आजको भोलि नै प्राङ्गारिकमा परिवर्तन गर्न नसकिए पनि विस्तारै रासायनिक मल कम गर्दै लैजान सकिने उनले बताए । ‘सरकारले सिधै रासायनिक मल दिन्न भन्ने हैन तर, रासायनिक मल नहुँदा त्यसको ठाउँमा नेपालमै उत्पादन भएको जैवीक तथा प्राङ्गारिक मलहरूलाई उपयोग गर्न सरकारले प्रोत्साहन दिएन । र, विदेशबाट मल ल्याउने प्रकृया भने शुरु गर्यो,’ संयोजक अधिकारीले भने ।

 

हामीमा आफैले परिश्रम गरेर खाने भन्दा पनि किनेर खाने सजिलो बाँनी भएको छ । जसले किसानलाई अल्छि बनाएको छ । आजको समयमा किसानहरू आफै गाई, भैँसी पाल्नु भन्दा भएको गाई, भैँसी बेचेर दूध किनेर खाने प्रचलन बढेको छ । जसले कृषि उन्मुख राष्ट्रलाई कृषि आत्म निर्भर तर्फ नभई कृषिमा परनिर्भर बनाइ रहेको छ । यसले पछि गएर नेपालमा भोकमरी सृजना गर्न सक्ने ठूलो सम्भावना छ ।

 

उनले रासायनिक मलाई छाडेर प्राङ्गारिक मललाई उन्नत बनाउन सक्ने भन्दै, सरकारले त्यस तर्फ कुनै ध्यान नपुर्याएको बताए । पुरानो प्राङ्गारिक विधिलाई केही परिवर्तन गर्दै लग्न सके रासायनिक मल बिना नेपालमै कृषिलाई आत्मनिर्भर तर्फ उन्मुख गराउन सकिने उनको भनाइ छ । ‘आज हामी ९५ प्रतिशत सबै तरकारीको बीउ भारतबाट आयात गछौँ, मल मात्र हैन, बीउदेखि सबै कुरा उतैबाट आयात हुन्छ । यसरी आत्मनिर्भर तर्फ लाग्न सकिदैन यसले देशलाई अझ खोक्रो बनाउँदै लग्ने छ । यो कुरा समयमै बुझन जरुरी छ,’ अधिकारीले भने ।

 

नेपालका प्राङ्गारिक मल उत्पादन उद्योग बन्द

 

नेपालमै रहेका कतिपय प्राङ्गारिक कारखानाहरू अहिले बन्द अवस्थामा रहेका छन् । विस्तारै चल्दै गरेका प्राङ्गारिक उद्योगहरूमा मल किन्ने किसान अभाव छ । जसले प्राङ्गारिक मल उत्पादनलाई निरुत्साहित गरिरहेको छ ।

 

रासायनिक मल किन्न हानाथाप गर्ने किसानहरू समेत प्राङ्गारिक मल तर्फ लाग्न सकेका छैनन् । सरकारले प्राङ्गारिक मलको खपत बढाउन किसानहरूलाई रासायनिक मल किन्दा अनिवार्य प्राङ्गारिक मल किन्नु पर्ने बाध्यकारि व्यवस्था गरे विस्तारै प्राङ्गारिक खेतीलाई विकास गर्दै लैजान सकिने उनले बताए ।

 

कृषिमा आत्मनिर्भर हुन रासायनिक मल उपयोग असफलताको बाटो भएका भन्दै प्राङ्गारिक खेतीबाटै दिगो कृषि विकास गर्न सकिने उनको भनाइ छ । देशमा अर्गानिक खेतीसँगै अर्गानिक पर्यटन जोनका रूपमा समेत विकास गर्न सकिने छ । यसले पर्यटकिय क्षेत्रसँगै कृषि क्षेत्रको पनि विकास गर्ने छ ।

 

कृषि क्षेत्रबाट पन्छिदै गरेका युवाहरू समेत कृषि तर्फ आकर्षण गर्न प्राङ्गारिक खेतीको ठूलो भूमिका निर्वाह गर्ने छ । यसले धेरै बेरोजगार तथा विदेशिएका युवाहरूलाई रोजगारको समेत सृजना गर्ने छ ।

 

प्राङ्गारिक मल उत्पादन

 

नेपालमा रहेको ४५ प्रतिशत जंगल रहेको छ । त्यो जंगलबाट आउने सोतरलाई समेत मलको रूपमा परिणत गर्न सकिन्छ । उपत्यकामा घरघरबाट निस्किने फोहरलाई समेत मलमा परिणत गरे रासायनिक मलको आवश्यक नपर्ने अधिकारी बताउँछन् ।

 

१० वर्षमा देशलाई प्राङ्गारिकमा लग्ने भनेको बहुमतको सरकारले ४ वर्षसम्म यस तर्फ केही ध्यान नपुर्याएको तर, हाल आएर रासायनिक मलका लागि उद्योग खोल्न अध्ययन शुरु गरेको उनको आरोप छ । प्राङ्गारिक खेती बाहेक दिर्घकालिन कृषिको अर्को कुनै विकल्प नभएको उनले बताए ।

 

रासायनिक मलमा अनुदान तर, पीछडियो प्राङ्गारिक मल

 

सरकारले रासायनीक मलका लागि नीति बाएको छ । अनुदान वर्षै पिछे बढाएको छ । मलमा ९ अर्ब बाट यो वर्ष ११ अर्ब बजेट पुर्याइएको छ । प्राङगारीक खेतीलाई प्राथमिक्ता दिइने भनेर बजेट भाषण हुन्छ । तर, बेट छुटिदैन ।

 

साना किसानलाई रासायनीक मल नदिई प्राङ्गारिक मलका लागि १/२ वटा भैँसी, गाई कुखुराको मल तथा मुत्रलाई प्रयोग गरे गुणस्तरीय रूपमा प्रयोग गर्न सकिन्छ । जैबिक चिजहरूको पनि मल प्रयोग गर्न सकिन्छ ।

 

बिरुवालाई चाहिने मल १६ वटा मध्ये ३ वटा हावापानीबाट पाउँछन् । अन्य ३ वटा मलको रूपमा प्रयोग गरिएको छ अन्य १० वटा पशुको मल, र पिसाबबाट पाउन सकिन्छ । त्यसका लागि पुराउन सक्यो भने रासायनीक मल चाहिँदैन । यस्ता कुरामा सरकारले बजेट छुट्याउन सकेको छैन ।

 

मलका लागि विगतमा थलो मल्ने चलन हुन्थ्यो । गाइवस्तु थलोमा पिसाब र गोबर निकाल्छ त्यसमा दोब्बर तेब्बर नाइट्रोजन हुन्छ । त्यो माटोमा मिल्छ र बिरुवाले माटोबाट मल लिन्छ ।

 

माउन्टेन इनर्जीको आइपीओ कहिलेसम्म भर्ने, कति कित्ता भर्नु उपयुक्त Read Previous

माउन्टेन इनर्जीको आइपीओ कहिलेसम्म भर्ने, कति कित्ता भर्नु उपयुक्त

पोखराको खुल्यो मौसम, तर खुलेन पर्यटन व्यवसायीको मन Read Next

पोखराको खुल्यो मौसम, तर खुलेन पर्यटन व्यवसायीको मन