तिहारमा साँझ ७ बजेपछि मदिरा बेच्न नपाइने

गोरखा । गोरखा जिल्लामा चाडबाडका बेलामा साँझ ७ बजेपछि मदिरा विक्री गर्न नपाइने भएको छ ।

 

जिल्ला प्रशासन कार्यालयले चाडबाडका बेला मादकपदार्थ सेवन गर्ने, होहल्ला गर्ने तथा शान्तिसुरक्षामा खलल पुर्याउन सक्ने भएकाले विक्री वितरण कडाइ गरेको हो ।

 

निमित्त प्रजिअ देवी पाण्डे खत्रीले चाडबाडका बेला जथाभावी मदिराजन्य पदार्थ सेवन गर्नेहरु बढी हुने भएकाले सतर्कता अपनाउन यस्तो निर्णय गरिएको बताइन् । प्रशासनले कोही कसैले पनि घरेलु अवैध तथा घरेलु मदिरा उत्पादन, भण्डारण, बेचबिखन तथा प्रयोग नगर्न पनि भनेको छ ।

 

त्यस्तै कार्यालयले चाडपर्वका बेला मादकपदार्थ सेवन गर्ने, होहल्ला गर्ने, सार्वजनिक शान्ति भङ्ग गर्ने, जुवातास खेल्ने, पटका आतसबाजी तथा भुइँचम्पा पड्काउने जस्ता कार्य नगर्न/नगराउन पनि आग्रह गरेको छ ।

 

प्रशासनले सूचना नै जारी गरेर कोरोना सङ्क्रमणको जोखिमबाट बच्नका लागि चाडपर्व मनाउँदा आफू र आफ्नो परिवारमा बसेर मात्र मनाउन, देउसीभैलो खेल्ने, सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने, शुभकामना आदानप्रदान कार्यक्रम राख्ने, पिङ हाल्ने तथा खेल्ने जस्ता क्रियाकलाप नगर्न भनेको छ ।

 

प्रशासनको निर्देशनको अवज्ञा गरे वा सूचना विपरीत क्रियाकलाप गरे/गराइएको पाइए स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम तथा रोग तथा सङ्क्रामक ऐन, २०२० बमोजिम कारबाही गरिने जनाइएको छ । रासस

तिहारको मौका छोप्दै फलफूलको मूल्य अचाक्ली वृद्धि, खुद्रा बजारमा झनै छोइ नसक्नु Read Previous

तिहारको मौका छोप्दै फलफूलको मूल्य अचाक्ली वृद्धि, खुद्रा बजारमा झनै छोइ नसक्नु

१११ मेगावाटको रसुवागढी जलविद्युतको काम ७८ प्रतिशत सम्पन्न Read Next

१११ मेगावाटको रसुवागढी जलविद्युतको काम ७८ प्रतिशत सम्पन्न