तिहारको मौका छोप्दै फलफूलको मूल्य अचाक्ली वृद्धि, खुद्रा बजारमा झनै छोइ नसक्नु

काठमाडौं । तिहारको मौका छोपी व्यापारीहरुले फलफूलको मूल्य ह्वात्तै बढाएका छन् । लक्ष्मी पूजा तथा भाएटीका लागि फलफूलको माग अधिक भएपछि व्यापारीले आफूखुसी भाउ बढाएका हुन् ।

 

यस बेला सरकारी अनुगमन पनि नहुने र मानिसले जसरी पनि किन्ने देखेपछि मौका छोप्दै व्यापारीहरुले मनोमानी भाउ बढाएका हुन् । होलसेल मूल्यमा सामान्य मात्र वृद्धि भए पनि खुद्रा बजारमा फलफूलको भाउ दोब्बरभन्दा बढीले विक्री गरेको पाइएको छ ।

 

फुजी स्याउ, मौसम, अनार, केरा लगायत अधिकांश फलफूलको भाउ बढेका छन् । कोभिड १९ का कारण यो वर्ष चीन लगायत मुलुकबाट माग अनुसार फलफूल आयात हुन नसकेको र स्वदेशमै उत्पादित फलफूले माग धान्न नसकेपछि फलफूलको भाउ बढेको व्यापारीहरु बताउँछन् ।

 

यस बेला सरकारी अनुगमन पनि नहुने र मानिसले जसरी पनि किन्ने देखेपछि मौका छोप्दै व्यापारीहरुले मनोमानी भाउ बढाएका हुन् । होलसेल मूल्यमा सामान्य मात्र वृद्धि भए पनि खुद्रा बजारमा फलफूलको भाउ दोब्बरभन्दा बढीले विक्री गरेको पाइएको छ ।

 

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार स्याउको मूल्य प्रतिकेजी २४० रुपैयाँदेखि ३०० रुपैयाँ रहेको छ । तर, खुद्रा बजारमा भने प्रतिकेजी ४०० रुपैयाँ सम्म बेचेको पाइएको छ । झोले स्याउको मूल्य २४० देखि २५० रुपैयाँ प्रतिकेजी रहेको छ । फुजी स्याउ २८० देखि ३०० रुपैयाँ प्रतिकेजी पुगेको छ ।

 

गत वर्ष तिहारमा स्याउको मूल्य प्रतिकेजी १४५ रुपैयाँसम्म मात्र रहेको थियो । यो वर्ष कोरोनाका कारण चीनबाट चकलेटि स्याउ आयात हुन नसक्दा यसरी स्याउनको मूल्य वृद्धि हुन गएको हो ।

 

कालिमाटी फलफूल तथा तरकारी विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार यो वर्ष फलफूल आयात कम भएको हो । नेपालकै केराले बजार धानीरहेको उनले बताए ।

 

यस्तै, कालिमाटी बजारमा केराको हालसेल मूल्य प्रति दर्जन ९० रुपैयाँदेखि ११० रुपैयाँसम्म भए पनि खुद्रा बजारमा प्रतिदर्जन १८० सम्म रहेको छ । गत वर्ष तिहारमा केराको भाउ प्रतिदर्जन ८०देखि १०० रुपैयाँ थियो ।

 

नेपाली सुन्तला प्रतिकेजी थाक मूल्य ७० देखि ८० रुपैयाँमा रहेको छ भने खुद्रा बजारमा प्रतिकिलो १५० सम्म रहेको छ । सुन्तलाकै जात भित्र पर्ने मौसम आज प्रतिकेजी १७० देखि २०० रुपैयाँसम्ममा विक्री भइरहेको छ । विगतको तिहारमा मौसम दोब्बर बढी मूल्य वृद्धि भएको हो । गत वर्षको तिहारमा मौसमको मूल्य प्रतिकेजी ७५ रुपैयाँ प्रतिकेजी रहेको थियो ।

 

यस्तै, अनारको थोक मूल्य मूल्य प्रतिकेजी २८० रुपैयाँदेखि ३०० रुपैयाँसम्म रहेको छ भने खुद्रा बजारमा प्रतिकिलो ४०० सम्म विक्री भइरहेको छ । । अंगुर प्रतिकेजी २५० रुपैयाँदेखि २६५ रुपैयाँसम्म पुगेको छ । किवी १८० रुपैयाँदेखि २रुपैयाँ प्रतिकेजी रहेको छ ।

 

गत वर्ष २०७६ को सर्वेक्षणका अनुसार गत वर्ष फलफूल १२ लाख ४९ हजार मेट्रिकटन उत्पादन भएको थियो । हाल हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा, मुस्ताङ दगातका जिल्लामा स्याउँ खेती भइरहेको छ । नेपालमा स्याउँ उत्पादन हुने गरे पनि त्यसको बजार विस्तार गर्न नसक्दा अझै पनि स्याउँमा आत्म निर्भर हुन सकेको छैन ।

 

राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतका अनुसार पछिल्लो समय फलफूलको उत्पादन घटेको छ । उनले स्याउनको उत्पादन केही प्रतिशतले घटेको बताए । यस्तै केराको उत्पादन भने यो वर्ष वृद्धि भएको उनको भनाइ छ ।अमिलो खालका फलफूलहरुमा किरा लागेकाले यो वर्ष उत्पादनमा कमि आएको उनले बताए ।

 

‘फलफूलमा स्याउनको उत्पादन घटेको छ, केरोको केही वृद्धि भएको थियो तर, त्यो बजारसम्म पुर्याउन सकिएन धेरैको फलफूल कोभिड १९ का कारण बारीमै कुहेको थियो,’ बस्नेतले चाणक्य पोष्टसँग भने ।

 

चितवनस्थित बनाना क्याफेका सञ्चालक यज्ञ प्रशाद सुवेदि यो पटक विगतको तुलनामा केराको उत्पादन धेरै भएको बताउछन् । चितवनमा मात्र डेढ अर्ब रुपैयाँ बराबरको केराको कारोबार हुने गरेको छ । यो पटक केराको कारोबारमा ३५ प्रतिशतसम्म घाटा भएको उनले बताए । किसनका खेतमा उत्पादन भएका केराहरु बजारसम्म पुग्न नसक्दा खेतबारीमै कुहिनु परेको उनले बताए ।

 

२० वर्षदेखि केरा उत्पादन गर्दै आएका सुवेदीले यो पटक केराको मूल्य बढुन्का कारण उत्पादन खेर जानु मुख्य रहेको बताए ।‘मैले उत्पादन गरेको केरा बजारसम्म लग्न नपाएर खेतबारीमै कुहियो, कति बादरले खाए, मलाई मात्र ४० प्रतिशतसम्म घाटा भएको छ, अरुको झन कस्तो भयो होला?,’ उनले चाणक्यपोष्टसँग भने ‘ केराको घाटाबाट उठ्न केही मूल्य वृद्धि गरेका छौँ, त्यही पनि नाफा कमाउन अझै मुस्किल छ ।’

 

७० विगा जमिनमा उनले प्रति विगा २ हजार बोटका दरले १ लाख ४० हजार बोट केरा रोपेका थिए । उनले रोपेको केरा मध्ये ४० प्रतिशत केरा लकडाउनका कारण बजारसम्म पुर्याउन नसक्दा खेतमै विग्रेको थियो ।

 

चितवनका किसानहरुले केरा खेतीबाट १५ देखि २० प्रतिशत नाफा कमाउने गरेका थिए । तर, यो पटक कोरोनाका कारण मुनाफा किसानले कमाउन नसकेको र चाडपर्वको मौका पारि केही मूल्य वृद्धि गर्नु पर्ने बाध्यता रहेको उनले बताए ।

 

चितवनमा मात्र ४ हजार बिगा क्षेत्रफलमा केराको व्यवसायीक खेती गरिन्छ । सरकारले वर्षेनी आफै केराको विरुवा बाड्ने भए पनि त्यसको बजारीकरणको कुनै व्यवस्था नगर्दा किसान मारमा परेका छन् ।

 

नेपालमा भारतबाट ५० प्रतिशत केरा आयात हुने गरेको छ । सरकारले फलफूल उत्पादनलाई बजारीकरण गर्न आफै किन्नु पर्ने अथवा भारतको आयात रोके मात्र सम्भव हुने उनले बताए ।

 

चालू आर्थिक वर्ष २०७७/७८ को ३ महिना (साउन–असोज) मा कुल २ अर्ब ८३ करोड ३७ लाख रुपैयाँ बराबरको फलफूल आयात भएको छ । सो अवधिमा ४ करोड ४४ लाख केजी फलफूल आयात भएको हो ।

 

गत आवको सोही अवधिमा ४ अर्ब ४९ करोड ८२ लाख रुपैयाँ बराबरको फलफूल आयात भएको छ । सो अवधिमा ७ करोड ३२ लाख ८२ हजार केजी फलफूल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

 

गत आर्थिक वर्ष २०७६/७७ मा कुल २० अर्ब ७४ करोड ६२ लाख रुपैयाँ बराबरको फलफूल आयात भएको थियो । सो वर्ष २८ करोड ४ लाख केजी फलफूल आयात भएको थियो ।

अब ६० हजार मात्र 'स्मार्ट लाइसेन्स’ स्टक, १४ लाख कार्ड खरिद गरिँदै Read Previous

अब ६० हजार मात्र 'स्मार्ट लाइसेन्स’ स्टक, १४ लाख कार्ड खरिद गरिँदै

तिहारमा  साँझ ७ बजेपछि मदिरा बेच्न नपाइने Read Next

तिहारमा साँझ ७ बजेपछि मदिरा बेच्न नपाइने