एनआइसी एशिया बैंक पनि अर्बपति क्लबमा, अधिकांश सूचकमा सुधार

काठमाडौं । एनआइसी एशिया बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश वित्तीय सूचकहरु सुधार गरेको रिपोर्ट सार्वजनिक गरेको छ ।

 

बैंकले शुक्रबार प्रकाशन गरेको चालू आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार १ अर्ब २ करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १ करोड १४ लाख रुपैयाँ बढी हो। बैंकले गत आवको सोही अवधिसम्ममा १ अर्ब ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

 

अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गर्ने १२ वटा बैंकहरुमा १ अर्ब बढी नाफा कमाउनेमा एनआइसी एशिया तेस्रो बैंक बनेको छ । पहिलो त्रैमासमा प्राइम र ग्लोबल आइएमईले पनि १ अर्ब बढी नाफा कमाएका छन् ।

 

९ अर्ब ७१ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ६९ करोड ५१ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा २ अर्ब २ करोड ४७ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म बैंकको वितरण योग्य मुनाफा ४ करोड ६६ लाख रुपैयाँ रहेको छ।

 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४ करोड रुपैयाँले बढेर १ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २ करोड ८४ लाख रुपैयाँले बढेर १ अर्ब ४५ करोड ८० लाख रुपैयाँ पुगेको छ।

 

असोज मसान्तसम्म बैंकले २ खर्ब ३१ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८९ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

 

खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी १.३६ रुपैयाँले बढेर ४२.१४ पैसा रुपैयाँ छ । समीषा अवधिसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १८९.७१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.७२ गुणा, खराब कर्जा ०.४० प्रतिशत पुगेको छ बेसरेट ६.५० प्रतिशत र स्प्रेड दर ४.३९ प्रतिशत रहेको छ ।

देशकै ठूलो ढल्केबर सबस्टेशन सञ्चालनमा, १२०० मेगावाट विद्युत् आदान/प्रदान गर्न सकिने Read Previous

देशकै ठूलो ढल्केबर सबस्टेशन सञ्चालनमा, १२०० मेगावाट विद्युत् आदान/प्रदान गर्न सकिने

फजुल खर्च कटौतीमा अर्थमन्त्रीको 'एक्सन', यी १ दर्जन क्षेत्रमा हुने खर्चमा अंकुश Read Next

फजुल खर्च कटौतीमा अर्थमन्त्रीको 'एक्सन', यी १ दर्जन क्षेत्रमा हुने खर्चमा अंकुश