काठमाडौं । सूर्य लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्स सञ्चालक समितिको मंगलबार बसेको बैठकले २०७५/७६ को मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.५२६ नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।
