डिप्रोक्स लघुवित्तको नाफा दोब्बरले बढ्यो, कति पुग्यो प्रतिसेयर आम्दानी

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले खुद मुनाफा दोब्बर भन्दा बढीले बढाउन सफल भएको छ ।

 

लघुवित्तले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १९ करोड ८० लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

 

यो गत आवको सोही अवधिको तुलनामा १०६.६० प्रतिशतले बढी हो । लघुवित्तले गत आवको सोही अवधिसम्ममा ९ करोड ५८ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

 

लघुवित्तले उल्लेख्य मात्रमा खराब कर्जा उठाउन सफल भएपछि खुन नाफा दोब्बरले बढेको हो । यद्यपि लघुवित्तको सञ्चालन नाफा भने ऋणात्मक रहेको छ ।

 

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५१.८४ प्रतिशतले करोड ३५ लाख ५ हजार रुपैयाँ पुगेको छ । लघुवित्तको ब्याज आम्दानी बढे पनि सञ्चालन मुनाफा भने १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक भएको छ। खराब कर्जा उठ्न नसकेपछि सम्भावित जोखिम बापत १ अर्ब ३७ करोड २६ लाख रुपैयाँ छुट्याउँदा लघुवित्तको सञ्चालन मुनाफा ऋणात्मक भएको हो ।

 

१ अर्ब ५४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ८ करोड ३७ लाख रुपैयाँ सञ्चित छ।

 

समीक्षा अवधिसम्म लघुवित्तले ५ अर्ब २५ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ९८ करोड ३ लाख रुपैयाँ सापटी लिई कुल १३ अर्ब ८१ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

 

लघुवित्तको खराब कर्जा अनुपात भने १.२५ प्रतिशतबाट घटेर ०.६५ प्रतिशतमा झरेको छ। पहिलो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी २९.२२ प्रतिशतले बढेर ७८.८१ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २०७.७९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०.७७ गुणा रहेको छ ।

माउन्टेन इनर्जीको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त Read Previous

माउन्टेन इनर्जीको आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त

चाबहिल-चुच्चेपाटी सडक कालोपत्रमा अझै समस्या, अब ठेकेदारले नगरे सडक डिभिजन आफैले गर्ने Read Next

चाबहिल-चुच्चेपाटी सडक कालोपत्रमा अझै समस्या, अब ठेकेदारले नगरे सडक डिभिजन आफैले गर्ने