ग्लोबल आइएमई बैंकको नयाँ शाखा बझाङको जय पृथ्वी नगरपालिकामा  सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंकको नयाँ शाखा बझाङको जय पृथ्वी नगरपालिका–१० मा सञ्चालनमा आएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६२ पुगेको छ ।

 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

 

बैंकले हाल देशभरका २६२ शाखा, २३८ एटीएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत २१ लाख भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।

सेवा क्षेत्रमा देखिएका समस्या र चुनौती समाधान गर्नसक्ने सशक्त नेतृत्व आवश्यक छ : व्यवसायी Read Previous

सेवा क्षेत्रमा देखिएका समस्या र चुनौती समाधान गर्नसक्ने सशक्त नेतृत्व आवश्यक छ : व्यवसायी

लाइफ इन्स्योरेन्स समूहले बनायो ५ अंकको ऐतिहासिक रेकर्ड, अझै माथि जाने संकेत Read Next

लाइफ इन्स्योरेन्स समूहले बनायो ५ अंकको ऐतिहासिक रेकर्ड, अझै माथि जाने संकेत