१७ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १७ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री खुला गरेको छ। बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल विक्री गर्न लागेको हो ।

 

केन्द्रीय बैंकले कात्तिक २४ गते सोमबार दिउँसो २ बजे बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

 

सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागिएको र त्यसमध्ये ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने २८ दिनका लागि विक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।

 

बिल आउँदो मंसिर २३ गते परिपक्व हुनेछ । यस्तै १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिनका लागि विक्री गर्दैछ ।

 

केन्द्रीय बैंकका अनुसार बिल आउँदो माघ २७ गते परिपक्व हुनेछ । त्यस्तै १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने १८२ दिनका लागि विक्री गर्न लागिएको छ । यो बिल भने २०७८ साल वैशाख २८ गते परिपक्व हुनेछ ।

अचाक्ली भाउ बढेपछि मानहुँकोटमा जग्गा किनबेच रोक्का Read Previous

अचाक्ली भाउ बढेपछि मानहुँकोटमा जग्गा किनबेच रोक्का

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त Read Next

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त