एभरेष्ट बैंकको नाफामा भारी गिरावट, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । एभरेष्ट बैंकको खुद मुनाफामा ठूलो गिरावट आएको छ । बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५१.५४ प्रतिशतले घटेर ३३ करोड ४७ लाख ६४ हजार रुपैयाँमा सीमित भएको छ ।

 

बैंकले गत आवको सोही अवधिमा ६९ करोड ८ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावट आउँद खुद नाफा घट्न पुगेको हो ।

 

८ अर्ब ५१ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ७ करोड ९१ लाख, सेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ र , रिटेन्ड अर्निङमा २ अर्ब १२ करोड ७८ लाख रुपैयाँ सञ्चित छ।समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य नाफा १३ करोड ५९ लाख ७७ हजार रुपैयाँ छ ।

 

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ५६ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १५ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत आवको अन्त्यसम्ममा बैंकले १ खर्ब ४३ अर्ब ५४ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब १२ अर्ब २१ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

 

निक्षेप संकलन बढाए पनि कर्जा प्रवाह गर्न नसक्दा बैंकको खुद ब्याज आम्दानी ४० करोड ९२ लाखले घटेर १ अर्ब २ करोडमा सीमित भएको छ भने सञ्चालन मुनाफा ५० करोड ८७ लाख घटेर ४७ करोड ८२ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ।

 

खुद नाफा घटेसँगै बैंकको प्रतिसेयर १८.७९ रुपैयाँले घटेर १५.७३ रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ २२३.३२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४४.९७ गुणा, खराब कर्जा ०.२२ प्रतिशत, आधारदर ७.०७ प्रतिशत, स्प्रेड दर ३.९४ प्रतिशतमा रहेको छ ।

हेटौंडा औद्योगिक क्षेत्रका ७५ प्रतिशत उद्योगमा अप्रमाणित ढकतराजु प्रयोग Read Previous

हेटौंडा औद्योगिक क्षेत्रका ७५ प्रतिशत उद्योगमा अप्रमाणित ढकतराजु प्रयोग

तिहारमा चिनी अभाव नहुने, साल्ट ट्रेडिङले ल्यायो १० हजार टन, खाद्यले भने अझै ठेकेदार नै पाएन Read Next

तिहारमा चिनी अभाव नहुने, साल्ट ट्रेडिङले ल्यायो १० हजार टन, खाद्यले भने अझै ठेकेदार नै पाएन