सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी ६ कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको बढोत्तरी आएको छ । गत साता करिब १५ अंकले घटेको बजार यो साता पहिलो दिन नै दोहोरो अंकले बढेको हो ।

 

सूचक सँगै कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । गत साता दैनिक औसतमा २ अर्बले कारोबार भएको बजारमा आज साढे ३ अर्ब बढीको कारोबार भएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से १२.४९ अंकले बढेर १६४८.५८ विन्दुमा पुगेको छ । यसदिन १९८ कम्पनीको ३ अर्ब ५२ करोड ६७ लाख ७७ हजार २६० रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ८ लाख ६३ हजार ४५६ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये बैंकिङ र विकास बैंक समूह बाहेक अन्य सबै समूहको परिसूचक उकालो लागेका छन् । आज सबैभन्दा धेरै उत्पादनमूलक समूहको परिसूचक १२२.६८ अंकले बढेको छ भने विकास बैंक समूह ६.६७ अंकले घटेको छ ।

 

आज लगानीकर्ता नेपाल पुनर्बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् । आज यसको सबैभन्दा धेरै २५ करोड ९२ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा हिमालय डिस्ट्रिलरी र शिखर इन्स्योरेन्सको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

बढ्दो बजारमा आज आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साल्ट ट्रेडिङ, हिमालय डिस्ट्रिलरी, दिव्यश्वरी हाइड्रोपावर, मिथिला लघुवित्त, युनिभर्सल पावर र सानिमा जनरल इन्स्योरेन्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

 

आज नेपाल फाइनान्स कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ३.५७ प्रतिशतले गुमाएका छन् ।

सहकारी संस्थालाई पुष भित्र साधारण सभा गर्न निर्देशन Read Previous

सहकारी संस्थालाई पुष भित्र साधारण सभा गर्न निर्देशन

सेयर बजारमा अब ‘बुल’ आउने माइक्रोफाइनान्सको पालो, यस्तो छ कारण Read Next

सेयर बजारमा अब ‘बुल’ आउने माइक्रोफाइनान्सको पालो, यस्तो छ कारण