सहकारी संस्थालाई पुष भित्र साधारण सभा गर्न निर्देशन

काठमाडौं । काठमाडौं महानगरको सहकारी विभागले आउँदो पुष मसान्तभित्र साधारण सभा सम्पन्न गर्न निर्देशन दिएको छ । साधारण सभा गरी त्यसको १५ दिनभित्र महानगरमा प्रतिवेदन पठाउन सहकारीहरूलाई निर्देशन गरिएको हो ।

 

काठमाडौं महानगर कार्य क्षेत्र भएका सहकारीहरूलाई स्वास्थ्य मापदण्ड पालना गर्दै साधारण सभा सम्पन्न गर्न सार्वजनिक सूचनामार्फत निर्देशन गरिएको हो ।

 

सहकारीहरूले साधारण सभा (कार्यव्यवस्था निर्देशिका २०७६) बमोजिम गणपृुरक संख्या पुर्याएर मात्र साधारण सभा गर्नुपर्नेछ । यसका आधारभूत आधारका बारेमा जानकारी दिँदै सहसंचालक समिति र लेखा समितिका प्रतिवेदनहरूमा पर्याप्त छलफल गराउनु पर्छ । यसैगरी यस्ता समितिहरूको निर्वाचन गर्नुपर्ने भए प्रचलित कानुन, मापदण्ड र विनियमबमोजिम योग्यता पुगेको सदस्याबीच निर्वाचन गराउनुपर्छ ।

 

‘सहकारीका सदस्यहरूको भूमिकालाई साधारण सभामा सक्रिय बनाउन र वित्तीय अनुशासनलाई मर्यादित बनाउन हामीले साधारण सभाका लागि आग्रह गरेका हौं ।,’ विभागका उपनिर्देशक सुमन अधिकारी भने ‘हामीले साधारण सभामा पालना गर्नुपर्ने र प्रतिवेदनमा उल्लेख गर्नु पर्ने आधारभूत कुरालाई बुँदा र तालिकामा दिएका छौं । यसले सूचना संकलनमा एकरुपता कायम हुनेछ ।’

अख्तियारको ३० ‘स्टिङ अपरेसन’: सहसचिव सहित ४८ जना पक्राउ Read Previous

अख्तियारको ३० ‘स्टिङ अपरेसन’: सहसचिव सहित ४८ जना पक्राउ

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी ६ कम्पनीका लगानीकर्ता भए मालामाल Read Next

सेयर बजारमा दोहोरो अंकको वृद्धि, यी ६ कम्पनीका लगानीकर्ता भए मालामाल