प्राइम कमर्शियलको नाफामा छलाङ, पहिलो त्रैमासमै कमायो १ अर्ब

काठमाडौं । कोरोनाका बाबजूद प्राइम कमर्शियल बैैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

 

बैंकले बिहीबार सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब १ करोड ७६ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

 

यो गत आवको सोही अवधिको तुलनामा ५४.२४ प्रतिशले बढी हो बैंकले गत आवको पहिलो त्रैमासमा ६५ करोड ९७ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

 

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको हो । हाल १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिसम्म बैंकको वितरण योग्य मुनाफा ३३ करोड ८४ लाख ४६ हजार रूपैयाँ रहेको छ।

 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.२४ प्रतिशतले बढेर १ अर्ब ५५ करोड ८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ५३.२७ प्रतिशतले बढेर १ अर्ब ४४ करोड ७६ लाख ५१ हजार रुपैयाँ पुगेको छ।

 

असोज मसान्तसम्ममा बैंकले १ खर्ब २४ अर्ब निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब कर्जा पवाह गरेको छ ।  खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानीमा १.८७ रुपैयाँ बढेर २९.११ रुपैयाँ पुगेको छ।

 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५४.२६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९.८६ गुणा, खराब कर्जा १.३७ प्रतिशत, स्प्रेड दर ४.४० प्रतिशत, आधारदर ८.१२ प्रतिशत र सीसीडी रेसियो ८०.०३ प्रतिशत छ।

कात्तिक २७ देखि युनाइटेड इदी-मार्दीको आइपीओ आउँदै, १० हजार कित्तासम्म भर्न पाइने Read Previous

कात्तिक २७ देखि युनाइटेड इदी-मार्दीको आइपीओ आउँदै, १० हजार कित्तासम्म भर्न पाइने

मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति Read Next

मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति