काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
माइक्रोफाइनान्स सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई १६.९४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.८९ नगद गरी कुल १७.८३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
यो अघिल्लो आर्थिक वर्ष २०७५/७६को भन्दा १३.७५ प्रतिशत कम हो । माइक्रोफाइनान्सले अघिल्लो आवमा ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद गरी कुल ३१.५८ प्रतिशत लाभांश दिएको थियो ।
माइक्रोफाइनान्सले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र माइक्रोफाइनान्सको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।