कोरोना बीमामा अहिलेसम्म २३ हजार दाबी, कागजपत्र पूरा गर्ने २ हजार ४०० मात्रै

काठमाडौं । कोरोना (कोभिड-१९) को बीमा गरेका २४ हजार मानिसले बीमा दाबी गरेका छन् । तर, २४ हजारले बीमा दाबी गरेको भएपनि २ हजार ४०० मानिसले मात्रै कागज पत्र पेश गरेका छन् ।

 

‘दाबी गर्नेको संख्या २४ हजार पुगेको छ । ती मध्ये अहिलेसम्म २ हजार ४०० मानिसले मात्रै आवश्यक कागज पत्र पेश गरेर दाबी गरेका छन्’, शिखर इन्स्योरेन्स कम्पनीका सीईओ दीपप्रकाश पाण्डेले चाणक्य पोष्टसँग भने ।

 

अहिले विषय समयमा बीमाको विषयमा सबै तिर चासो बढ्दै गएको बताउँदै पाण्डे भन्छन्, ‘जस जसले दाबी गर्नु भएको छ, उहाँहरु सबैले चाँडो आवश्यक कागजपत्र पेश गरेर दाबी भुक्तानी दिन अनुरोध गर्दछौं ।’

 

सरकार, बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी र सबै निर्र्जीवन बीमा कम्पनीहरुले दाबी भुक्तानीको लागि आवश्यक रकमको व्यवस्था गरिसकेका छन् । अहिले अर्थमन्त्रालयको पहलमा कोरोना बीमा दाबी भुक्तानीको मापदण्ड तयार गरेर आवश्यक रकमको व्यवस्था गरिएको पाण्डेले जानकारी दिए ।

 

सबै निर्र्जीवन बीमा कम्पनीहरुले १०० करोड, नेपाल पुनर्बीमा कम्पनीले १०० करोड, बीमा समितिबाट १०० करोड र विभिन्न कम्पनीको महाविपत्ती कोषमा रहेको ५० करोड रुपैयाँगरी कुल ३ अर्ब ५० करोड रुपैयाँ तयार गरिएको छ । यस्तोका बीमा दाबी गर्ने मानिसले आवश्यक कागजपत्र बुझाएर आफ्नो दाबी भुक्तानी लिन सक्ने छन् ।

 

अर्थमन्त्रालयमा मंगलबार बसेको मन्त्रीस्तरिय बैंकठले व्यापक जनगुनासो आउन थालेको भन्दै बीमा समितिलाई तत्काल जनगुनासो सम्बोधन गर्न निर्देशन दिएको थियो । हिजो नै बीमा समितिले कम्पनीहरुलाई कोरोना बीमाको दाबी भुक्तानी ७ दिन भित्र गर्न कम्पनीहरुलाई निर्देशन दिएको हो ।

 

समितिले दिएको निर्देशनमा भनिएको छ, ‘कम्पनीहरुले जारी गरेको बीमालेख बमोजिम कोरोना बीमा दाबी गरेका बीमितहरुको पीसीआर परीक्षण प्रतिवेदन पोजेटिभ प्रमाणित भएको अवस्थामा बीमालेख बमोजिम प्रदान गरिने बीमांक रकम दाबी परेको एक हप्ता भित्र भुक्तानी दिनु ।’

सानिमा जनरलको सेयर किन्नेको ओइरो, १२ लाख कित्ता माग हुँदा १ कित्ता पनि बेच्ने छैनन् Read Previous

सानिमा जनरलको सेयर किन्नेको ओइरो, १२ लाख कित्ता माग हुँदा १ कित्ता पनि बेच्ने छैनन्

सेयर बजारमा झिनो गिरावट, कारोबार रकम भने ह्वात्तै घट्यो Read Next

सेयर बजारमा झिनो गिरावट, कारोबार रकम भने ह्वात्तै घट्यो