सानिमा जनरलको सेयर किन्नेको ओइरो, १२ लाख कित्ता माग हुँदा १ कित्ता पनि बेच्ने छैनन्

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको दोस्रो बजारमा सेयर कारोबार शुरु भएसँगै सेयर किन्नेको ओइरो लागेको छ ।

 

मंगलबार नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर आजदेखि कारोबारमा आएको हो । कारोबारमा आएकै दिन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । ३११ रुपैयाँमा कारोबारमा आएको कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात ३१ रुपैयाँले बढेर ३४२ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

कारोबारमा आएसँगै कम्पनीको सेयर किन्न लगानीकर्ताको ओइरो लागेको छ । दिउँसो सवा १ बजेसम्म बजेसम्म कम्पनीको ११ लाख ९० हजारभन्दा बढी कित्ता सेयर खरिदका लागि माग भएको छ भने विक्रीमा १ कित्ता पनि सेयर छैन । यस अवधिसम्म जम्मा ८० कित्ता मात्र सेयर कारोबार भएको छ ।

 

सानिमाले कम्पनीले असोज २१ गतेदेखि अंकित मूल्य १०० रुपैयाँमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ विक्री खुला गरेको थियो ।जसमा ८ लाख ६६ हजार ९०५ जनाले आवेदन दिएका थिए भने २ लाख ७३ हजार जना भाग्यशाली आवेदकले १० कित्ताका दरले सेयर पाएका थिए । ५ लाख ९० हजार ५४५ जनाको हात रित्तो भएको थियो ।

 

यसअघि ७० करोड चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुगेको छ ।नेप्सेमा कम्पनीको संस्थापक र साधरण गरी १ करोड कित्ता सूचीकृत छ ।

उपत्यकाको जाम कम गर्न स्मार्ट पार्किङदेखि फ्लाइ ओभरसम्म,  यस्तो छ तत्कालीन र दीर्घकालीन कार्ययोजना Read Previous

उपत्यकाको जाम कम गर्न स्मार्ट पार्किङदेखि फ्लाइ ओभरसम्म, यस्तो छ तत्कालीन र दीर्घकालीन कार्ययोजना

कोरोना बीमामा अहिलेसम्म २३ हजार दाबी, कागजपत्र पूरा गर्ने २ हजार ४०० मात्रै Read Next

कोरोना बीमामा अहिलेसम्म २३ हजार दाबी, कागजपत्र पूरा गर्ने २ हजार ४०० मात्रै