सानिमा जनरल इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

 

कम्पनीले मंगलबार सर्वसाधरणतर्फको ३० लाख कित्ता र संस्थापकतर्फको ७० लाख गरी कुल १ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।

 

नेप्सेमा सूचीकृत भएसँगै सानिमा जनरलको सेयर बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ । कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले १०३.७३ रुपैयाँ देखि ३११.१९ रुपैयाँ ओपन रेञ्ज तोकेको छ । यसकै बीचमा रहेर पहिलो कारोबार शुरु हुनेछ ।

 

कम्पनीले असोज २१ गतेदेखि अंकित मूल्य १०० रुपैयाँमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ विक्री खुला गरेको थियो ।जसमा ८ लाख ६६ हजार ९०५ जनाले आवेदन दिएका थिए भने २ लाख ७३ हजार जना भाग्यशाली आवेदकले १० कित्ताका दरले सेयर पाएका थिए । ५ लाख ९० हजार ५४५ जनाको हात रित्तो भएको थियो ।

हर्षद  मेहताका चेला, जसले यसरी गरे सेयर बजारमा ४० हजार करोडको घोटाला Read Previous

हर्षद मेहताका चेला, जसले यसरी गरे सेयर बजारमा ४० हजार करोडको घोटाला

सेयर बजारमा कमब्याक, नेपाल टेलीकमको सेयरमा झुम्मिए लगानीकर्ता Read Next

सेयर बजारमा कमब्याक, नेपाल टेलीकमको सेयरमा झुम्मिए लगानीकर्ता