हर्षद मेहताका चेला, जसले यसरी गरे सेयर बजारमा ४० हजार करोडको घोटाला

बीसौं शताब्दीको अन्त्यतिर र एक्काइसौं शताब्दीको शुरूवातीमा भारतीय सेयर बजारमा दुई ठूला काण्ड घटे, जसले भारतीय सेयर बजारलाई नै तरंगित बनाइदियो ।

 

पहिलो, हर्षद मेहता घोटाला काण्ड, जसले सन् १९९२ मा बैंकका उच्च ओहदाका कर्मचारीलाई प्रभावमा पारी बन्डको नक्कली कारोबारमार्फत सेयर बजार ४ हजार करोडको ठगी गरे ।

 

केतनले सेयर ‘पम्प एन्ड डम्प गर्दै भिजुअल सफ्ट नामको कम्पनीको सेयर प्रतिकित्ता ६२५ भारु बाट ८ हजार ४४८ पुर्याएका थिए । उनले अन्य कम्पनीको पनि यस्तै गर्थे र मनग्ये कमाउँथे ।

 

दोस्रो, चेतन पारेख घोटाला काण्ड । उनले भारतीय सेयर बजारमा हर्षद मेहताको भन्दा १० गुणा ठूलो घोटाला गरे । हर्षद मेहताको ब्रोकर कम्पनीमा चार्टर्ड एकाउन्टेन रहेका पारेखले सन् २००१ मा भारतीय सेयर बजार नै तरंगित पार्दै ४० हजार करोड भारु घोटाला गरे । जुन भारतीय सेयर बजारको अहिलेसम्मकै ठूलो घोटाला काण्ड पनि हो । यहाँ चेतन पारेख घोटाला काण्डको बारेमा चर्चा गरिएको छ ।

 

केतन पारेख गुजाराती व्यापारीक घरानामा जन्मिएका थिए । उनले सेयर बजार सम्बन्धी ज्ञान लिन आफ्नो परिवारको स्वामित्वमा रहेको ब्रोकर कम्पनी छाडेर हर्षद मेहत्ताको कम्पनीमा काम गरे । जहाँ उनले सेयर बजारमा सम्बन्धी अनुभव हासिल गरे । र, पछि आफ्नै परिवारको स्वामित्वको एनएज ब्रोकरमा काम गर्न थाले ।

 

उनले आफ्नै ब्रोकरमा काम गर्न थालेपछि सेयर बजारबाट कसरी घोटाला गर्ने योजना बनाए र त्यसलाई सफल बनाउन बैंकको पे अर्डर माध्या बनाए । पे अर्डर चेक जस्तै पैसा भुक्तानी गर्ने माध्यम हो । चेकबाट भुक्तानी गर्दा व्यक्ति आफ्नै खातामा पैसा हुनु पर्छ भने पे अर्डरबाट भुक्तानी गर्दा बैंकले नै भुक्तानी गरिदिन्छ । पे अर्डर बैंकले जो कोहीलाई उपलब्ध गराउँदैन । यो ठूला र विश्वाशीला व्यापारी, लगानीकर्तालाई मात्र दिन्छ ।

 

पारेखले यसरी गरे घोटाला

 

शुरूमा उनले गुजरातकै मधमपुरा मर्कनटाइल बैंकको सेयर किन्न थाले । क्रमशः बैंकमा आफ्नो सेयर हिस्सा बढाउँदै लगे र आफ्नो हालीमुहाली कायम गरे । उनले शक्तिको दुरुपयोग गर्दौ १ करोड पेमेन्ट दिनसक्ने बैंकको क्षमतालाई वेवास्ता गर्दै ३ करोडको पे अर्डर दिए । उनले अन्य बैंकमा पनि यस्तै गर्दै १२०० करोड ऋण लिएर पूँजी बजारमा लगानी बढाउँदै लगे ।

 

उनले सेयर बजार प्रभावित गर्न एउटा ‘बदला’ समूह बनाए । त्यो समूहमा रहेका व्यक्तिहरूले नै कुनै एक कम्पनीको सेयर एक-आपसमा किनबेच गर्थे । बजारका अन्य लगानीकर्तालाई उक्त कम्पनीको सेयर किन्न आकर्षित गर्थे । धेरै लगानीकर्ताको ध्यान उक्त कम्पनीको सेयरमा केन्द्रीत हुन्थ्यो र लगानीकर्ताहरू उक्त सेयर राम्रो खरिद गर्थे । अन्त्यमा जब त्यो सेयरमा बुल आउँछ तब चेतनले त्यो सेयर बेचेर आफू र आफ्ना समूहकाले नाफा लिन्थे । अन्त्यमा, सोझा लगानीकर्ताहरू फस्थे ।

 

उनले त्यसै क्रममा भिजुअल सफ्ट नामको कम्पनीको सेयर प्रतिकित्ता ६२५ बाट ८ हजार ४४८ पुर्याए । उनले अन्य कम्पनीको पनि यस्तै गर्थे र मनग्ये कमाउँथे ।

 

केतनले अधिकांश सेयर कारोबार कलकत्ता स्टक एक्सचेन्ज बाट गर्थे । किनकी त्यसबेला कलकत्ता स्टक एक्सचेन्जमा सरकारले विरलै मात्रै अनुगमन र नियमन गर्थ्यो । सोझा लगानीकर्तालाई जालमा पार्न केतनले धेरै कम्पनीका सेयरमा कहिले खेलेनन् । केतन जहिले पनि १० वटा सेयरमा मात्र खेल खेल्ने गरेका थिए । ती १० कम्पनीका सेयर ठूला संस्थागत लगानीकर्तालाई किनाउँन प्रयास गर्थे । सामान्यतया बजार खासै कारोबार नहुने कम्पनीको सेयरमा उनी चलखेल गर्थे । उनले त्यस्ता कम्पनीको मार्केटमा राम्रो परिमाणमा सेयर कारोबार भएको देखाएर संस्थागत लगानीकर्तालाई त्यो सेयर खरिद गराउँथे ।

 

प्रायःजसो संस्थागत लगानीकर्ताले किन्ने कम्पनीको सेयर किन्न सर्वसाधरण लगानीकर्ता पनि आकर्षित हुने गर्छन् । र, ती कम्पनीको धमाधम सेयर किन्न थाल्दथे । यसरी अब ती सेयरमा अत्याधिक कारोबार हुन्छ र दिन प्रतिदिन मूल्य पनि वृद्धि हुन थाल्छ । सोही मौका छोपेर चेतन र समूह सेयर बेचेर फाइदा लिन्थे ।

 

त्यस्तै केतनले बैंकबाट पनि ठूलो मात्रामा कर्जा लिएर सेयर बजारमा लगानी गर्ने गरेका थिए । शुरूमा सेयरको मूल्य बढाउने र मूल्य वृद्धि भए पश्चात बैंकबाट कर्जा लिने कार्य गर्दै आएका थिए ।

 

२००१ मा भारतीय सेयर बजारमा घट्दो ट्रेन्ड शुरू भयो । सोसँगै उनले घाटाबाट जोगिन सन् २००१ मार्च १ माआफूसँग भएको सबै सेयर बेचे । उनले सबै सेयर बेचेपछि एकैदिन सेयर बजार सूचक १७६ अंकले घट्यो । कलकत्ता स्टक एक्चेन्जले एकैपटक सबै पैसा तिर्न नसक्ने अवस्था आयो । त्यसपछि नियामक निकाय भारतीय रिजर्भ बैंक, भारतीय धितोपत्र बोर्ड लगायतले हस्तक्षेप गरी अनुन्सन्धान गर्न थाले । र, उनको ठगी धन्दा बाहिर ल्याएका थिए ।

 

उनलाई सरकारले गिरफतार गरी २००२ मा १ वर्ष जेल हालेको थियो भने भारतीय स्टक एक्सचेन्जमा १५ वर्ष कारोबार गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको थियो । त्यस्तै २०१४ मा अदालतले उनलाई थप २ वर्ष जेल सजाय र ५० हजार जरिवाना सुनाएको थियो । सन् २००६ मा ‘सिरियस फ्रड इन्भिेटिगेशन’ले उनले सेयर बजार मार्फत ४० हजार करोड घोटाला गरेको रिपोर्ट सार्वजनिक गरेको थियो ।

 

हर्सद मेहता काण्डपछि भारतीय सेयर बजारमा प्रविधिको प्रयोग गर्न थालेको भए पनि केतनले कमजोर बैंकिङ प्रणालीको फाइदा उठाउँदै उक्त घोटाला गर्न सफल भएका थिए । केतन पारेख घोटाला पछि भारतीय सेयर बजारको नियामक निकाय र केन्द्र बैंकले आक्रामक रूपमा बजारको सुपरीवेक्षण तथा नियमन गर्नु पर्ने देखियो । र, क्रमशः केन्द्रीय बैंकले बलिया कानून लागू गर्दै बजारलाई नियमन गर्न थालेको देखिन्छ ।

बुधबारदेखि पर्यटकीय बस सेवा शुरु हुने, यी रुटमा चल्नेछन् बस Read Previous

बुधबारदेखि पर्यटकीय बस सेवा शुरु हुने, यी रुटमा चल्नेछन् बस

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार Read Next

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार