सेयर बजारमा कमब्याक, नेपाल टेलीकमको सेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजार लयमा फर्किएको छ । यस साता शुरुका दुई दिन लगातार ओरोलो लागेको बजार आज सुधार आएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से ५.४० अंकले बढेर १६४३.०४ विन्दुमा पुगेको छ । यसदिन १९८ कम्पनीको २ अर्ब २३ करोड ७९ लाख ६४ हजार ५७२ रुपैयाँ बराबरको कारोबार भएको छ । ७७ लाख ५७ हजार ३५३ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये बैंकिङ र विकास बैंक समूह बाहेक अन्य सबै समूहको परिसूचक हरियो भएका छन् । आज सबैभन्दा धेरै निर्जीवन समूहको परिसूचक १७६.८६ अंकले बढेको छ भने विकास बैंक समूहको परिसूचक १६.२१ अंकले घटेको छ ।

 

आज लगानीकर्ताको रोजाइमा नेपाल टेलिकम परेको छ । यसको सबैभन्दा धेरै १० करोड ३ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा एनआइसी एशिया र प्राइम कमर्शियल बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

बढ्दो बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विशाल बजार कम्पनी, समिट लघुवित्त, पाँचथर पावर र शिवश्री हाइड्रोपावरका सेयरधनीले १० प्रतिशत कमाएका छन् । आज महालक्ष्मी विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै २.५५ प्रतिशतले गुमाएका छन् ।

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार Read Previous

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार

अनुमति पाएको १० वर्षमा पनि सञ्चालनमा आएन सुर्खेत सिमेन्ट, वर्षौंदेखि चुनढुङ्गा खानी होल्ड Read Next

अनुमति पाएको १० वर्षमा पनि सञ्चालनमा आएन सुर्खेत सिमेन्ट, वर्षौंदेखि चुनढुङ्गा खानी होल्ड